१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रोहितको सम्झौता नवीकरण

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजनको क्लब पर्सिजा जाकार्तासँग सम्झौतामा नवीकरण गरेका छन्।

रोहितले बुधबार पर्सिजासँग दुई वर्षको सम्झौता नवीकरण गरेको उनका दाजु रोबिन चन्दले जानकारी दिए। सन् २०२१ सम्म पर्सिजामा रहने रोहितको सम्झौता रकम भने खुलाइएको छैन। तर, अघिल्ला सिजनको भन्दा राम्रो तलबसँगै अन्य सेवासुविधामा निकै वृद्धि भएको रोहितका दाजु रोबिनले बताए। ‘सुरु क्लबबाट तीन वर्षका लागि प्रस्ताव भएको थियो,’ रोबिनले भने,‘तर आर्थिक पाटोमा पूर्ण रूपमा सहमति बन्न नसकेपछि दुई वर्षका लागि सम्झौता नवीकरण गरिएको हो। अहिले पनि तलब राम्रो नै छ। साथै क्लबले खेलाडीका लागि सेवासुविधा पनि वृद्धि गरेको छ।’

यद्यपि, रोबिनकाअनुसार रोहितको तलबमा करिब ४५ प्रतिशत वृद्धिसँगै सेवासुविधा पनि बढाइएको छ। रोहितले सन् २०१३ देखि इन्डोनेसियाको तत्कालीन लिगा वान क्लब पिएसपिएस पेकनबारुबाट करियर सुरुआत गरेका थिए। सोही सिजनको हाफबाटै रोहित पर्सिजामा आबद्ध भएका थिए। उनी सन् २०१५–१६ को सिजनमा चोटका कारण मैदानबाहिर नै रहे। सन् २०१५ मा मलेसियाको सुपर लिग टोलीमा आबद्ध हुँदा उनको घुँडामा चोट लागेको थियो।

सन् २०१६ मै करिब हाफ सिजन उनले पर्सिजाबाट खेले। सन् २०१८ मा पर्सिजालाई लिग जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। क्लब च्याम्पियन हुँदा रोहित वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रकाशित: १६ माघ २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App