१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ट्रोलमा प्रियंका चोपडा

काठमाडौं  (एजेन्सी) – बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्। अमेरिकाको लस एन्जल्समा आयोजित ६२ औं संस्करणको ग्रामी अवार्डमा सहभागि भएलगत्तै उनले लगाएको पहिरनका कारण ट्रोलको सिकार भएकी हुन्।

समारोहमा सहभागी भएकी उनले लगाएको सेतो गाउनका कारण उनको आलोचना भइरहेको छ। अन्तर्राष्ट्रिय फेसन ब्रान्ड राल्फ एन्ड रुसोले तयार गरेको नेकलाइनसहितको चम्किलो गाउन लगाएर उनी समारोहमा सहभागी थिइन्। सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले ट्वीट गरेका छन्,‘प्रियंका चोपडालाई खुला नेकलाइन पहिरन लगाउँदा भद्दा देखिएको छ। अन्तर्राष्ट्रिय फेसन ब्रान्डले आफ्नो पहिरन प्रमोसन गर्न गलत सेलिब्रेटी छनोट गर्यो।’

यसअघि गायिका जेनिफर लोपेजले सन् २००० मा आयोजना भएको ४२ औं ग्रामी अवार्डमा लगाएको हरियो गाउनसँग सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अभिनेत्री चोपडाको पहिरनलाई तुलना गरेका थिए। गायिका लोपेजले हालै इटालीको मिलानमा आयोजना भएको स्प्रिङ फेसन विकमा सो पहिरन लगाएर -याम्पमा देखिएकी थिइन्।

प्रकाशित: १५ माघ २०७६ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App