१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सम्झना कप शनिबारदेखि

काठमाडौं – तेस्रो सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट काठमाडौंमा हुने भएको छ।  

मंगलबार ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो।  अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा  सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र दक्षिण कोरियाका गरी कुल ५ सय २४ खेलाडीले सहभागिता जनाउँदै छन्।   ८ दिनसम्म चल्ने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले १४ स्वर्ण, १४ रजत र २८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने ललितपुर टेबल टेनिस संघका अध्यक्ष उर्दिप जोशीले जानकारी दिए। 

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिला गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो।   ओपन इभेन्टमा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।  यस्तै भेट्रान एकलमा विजयी हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँबाट पुरस्कृत हुनेछन्। 

साथै आयोजकले प्रतियोगिताको अन्तिम दिन १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेबल टेनिसमा पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने समेत जनाएको छ। सम्झना ल्याबोरेटरीको मुख्य प्रायोजना हुने लागेको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको टेबलटेनिस प्रतियोगिता हो।

प्रकाशित: १५ माघ २०७६ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App