१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चौथो चरणमा आर्सनललाई सफलता

बर्नमाउथका ज्याक सिम्पसन र आर्सनलका एडी एनकेटिह (बायाँ) बलका लागि प्रतिस्पर्धा गर्दे । तस्बिर : एपी

लन्डन – मिकेल अर्टेटाको युवा टोली आर्सनलले एफए कपको पाँचौं चरणमा स्थान बनाउँदा सोमबार बर्नमाउथमाथि २–१ को जित निकाल्न सफल भएको छ।
अर्टेटाका युवा खेलाडी बुकायो साका र इडिई एनकेटिहको गोलप्रेरित आर्सनलले प्रिमियर लिगकै क्लब बर्नमाउथलाई स्तब्ध बनाउँदै पाँचौं चरणमा स्थान बनाएको हो। 

साका र एनकेटिहसँगै युवा स्टार डिन कोर्ट र जोए विलोकले प्रशिक्षक अर्टेटाको भरोसामा खरो उत्रँदै उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले पाँचौं चरणमा पोर्ट्समाउथविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। १८ वर्षे साकाले आर्सनललाई सुरुआतमै अग्रता दिलाउँदा यस सिजन क्लबबाट तेस्रो गोल गर्न सफल भए।  एनकेटिहले पनि दोस्रो गोल गरेपछि आर्सनल दोस्रो हाफअगावै २–० ले अगाडि रह्यो।  सन् २०१४ मा आफ्नै कप्तानीमा आर्सनललाई एफए कपको उपाधि दिलाएका अर्टेटा प्रशिक्षकका रूपमा पनि सोही सफलता दोहो-याउन अभियानमा छन्।

सोमबार साम सुरिजले इन्जुरी समयमा बर्नमाउथलाई गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकेनन्।  ‘जित कहिल्यै पनि सहज हुँदैन।  तर युवा खेलाडीले राम्रो प्रदर्शन गर्न सफल भए।  म एकदम खुसी छु,’ अर्टेटाले भने, ‘मैले पूर्ण रूपमा उनीहरूमाथि विश्वास गरेको थिएँ, सोहीअनुरूप उनीहरूले पनि मेरो विश्वासमा साथ दिए।  अभैm उनीहरूमा धेरै क्षमता छ र जितका भोका छन्। ’ प्रिमियर लिगमा दशौं स्थानमा खुम्चिएको अर्टेटोको आर्सनल पछिल्ला तीन खेलमा जित निकाल्न असफल भएको थियो।  तर एफए कपमा बर्नमाउथविरुद्ध भने जित निकाल्यो। 

यससँगै अर्टेटाको नेतृत्वमा आर्सनलले सबै प्रतियोगितामा गरेर कुल आठ खेलमा तेस्रो जित निकाल्दा एक मात्र हार बेहोरेको छ।  आर्सनलको प्रदर्शन एकरूपता छैन।  बर्नमाउथविरुद्ध पनि पहिलो हाफमा हाबी भएको आर्सनल दोस्रो हाफमा भने गोल गर्न संघर्षरत रह्यो। अर्टेटाले आर्सनल समालेको पहिलो खेलमै बर्नमाउथसँग १–१ गोलको नतिजा सामना गरेको थियो।  तर, एफए कपमा भने आफ्ना महत्वपूर्ण खेलाडी पिएरे इमेरिक औबामेयाङबिना पनि बर्नमाउथविरुद्ध उत्कृष्ट प्रदर्शन ग-यो।  पिएरेको स्थानमा १८ वर्षे गाब्रियल मार्टिनेलीले अग्रपंक्ति समालेका थिए।  मार्टनेलीले प्रिमियर लिगमा भने राम्रो प्रदर्शन गरिरहेका छन्।

एफए कपमा मार्टिनेलीले गोल गर्न असफल रहँदा खेलको पाँचौं मिनेटमै साकाले गोल गर्दै अग्रता दिलाए।  २६औं मिनेटमा एनकेटिहको गोलबाट आर्सनलले अग्रता दोब्बर बनायो।  चेल्सीविरुद्धको खेलपश्चात् अर्टेटाले पाँच खेलाडी परिवर्तन गर्दा एनकेटिहलाई गत वर्ष जनवरीमा एफए कपअन्तर्गत ब्लाकपुलसँगको खेलपछि पहिलो पटक पहिलो रोजाइमा अवसर दिएका थिए।   सो अवसरलाई एनकेटिहले सदुपयोग गर्दै गोलसमेत गरे।  दोस्रो हाफमा पनि आर्सनलले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन।  तथापि इन्जुरी समयमा आर्सनलको खराब डिफेन्सको फाइदा उठाउँदै बर्नमाउथले गोल फर्कायो।  सिमोन फ्रान्सिसको क्रसमा सुरिजले गोल गर्दै आर्सनलसँगको हार २–१ ले छोट्याए।  

आर्सनलले आफ्ना महत्वपूर्ण खेलाडी पिएरे इमेरिक औबामेयाङबिना पनि बर्नमाउथविरुद्ध उत्कृष्ट प्रदर्शन ग-यो।

प्रकाशित: १५ माघ २०७६ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App