१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यार्थीलाई सेनाले दियो सेवा दलको तालिम

जनकपुर- नेपाली सेनाले मधेसी युवालाई सुरक्षा निकायमा आकर्षण बढाउन जनकपुरस्थित दुई वटा सामुदायिक विद्यालयका ७२ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिएको छ।

मंगलबार एक समारोहबीच प्रशिक्षित विद्यार्थीहरुले सेनाको गोरखनाथ गणमा कवाच प्रदर्शन गर्दै पढाइ सकेर नेपाली सेनामै भर्ती हुने बताए। विद्यार्थीहरुले कवाचसँगै सय दिने तालिममा सिकेको मास पिटी, तोकेन्दो, खुकुरी ड्रिल, वक्तृत्वकला तथा साँस्कृतिक झलक प्रस्तूत गरे। प्रशिक्षणमा जनकपुरस्थित जानकी मावि र मावि कुआका १८–१८ जना छात्र र सोही संख्यामा छात्राको सहभागिता थियो।

कवाच प्रदर्शन समारोहको सम्बोधन गर्दै नेपाली सेनाका जनकपुर बाहिनीपति जीतबहादुर गुरुङले यो तालिमले स्कूले किशोरकिशोरी अनुशासित, साहसिक र सक्षम नागरिकको रुपमा उदाउने बताए। ‘खासगरी सेनामा पहुँचको कमि रहेको मधेसी समाजमा सेना तथा सुरक्षाकर्मीप्रति रहेको सोचमा परिवर्तन ल्याउनुको साथै यो तालिमले स्कूले बच्चाहरुलाई भौतिक र मानसिक दुवै दृष्टिकोणले सक्षम र साहसिक नागरिक बनाउनेछ’ गुरुङले भने। उनले यो तालिमले नेपाली सेनाको साथै मुलुकको जुनसुकै सुरक्षा निकायमा पनि यी युवालाई प्रवेश गर्न सहजता प्रदान गर्ने दावी गरे।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति मनोज साहले पछिल्लो समय मधेसका जिल्लामा लागु औषध तथा कुलतमा फँस्ने यी उमेरका किशोर किशोरीलाई सेनाले दिएको तालिम रामवारणको कारम गरेको बताए । यस्तो तालिमक वर्षै भरी सञ्चालन भइरहनुपर्ने उल्लेख गर्दै उनले कम्तीमा हरेक गाविसमा एउटा यस्तो तालिम आवश्यक रहेको बताए।

उनीहरुलाई ७९ दिन इन्डोर र २१ दिन आउटडोर प्रशिक्षण दिइएको थियो ।

प्रकाशित: १२ पुस २०७३ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App