१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाँके निकुञ्जमा बाघ गणना सुरु

क्यामेरा ट्रयापिङ उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पन्थ। तस्बिरः टेकेन्द्र बस्याल

कोहलपुर– बाघ अनुगमनका लागि बाँके राष्ट्रिय निकुञ्जले मंगलबारदेखि क्यामेरा ट्रयापिङ सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले क्यामेरा ट्रिप विधिको प्रयोग गरी मंगलबारदेखि बाघ गणना सुरु भएको घोषणा गरे। बाँके राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दीया संरक्षण कार्यक्रमबाट काम सुरु भएको हो।

बाघ गणनाका लागि निकुञ्ज र मध्यवर्ती वनमा एक सय २२ वटा ग्रिडहरु बनाइएको छ। एक सय  २२ वटा ग्रिडलाई दुई भागमा विभाजन गरी गणना सुरु भएको निकुञ्जले जनाएको छ। वनदेवीको पूजाआजा गरी गणनाको शुरुवात गरिएको छ। यो वर्षमा ६१ जोडा स्वचालित क्यामराहरु राखी बाघ अनुगमन गरिएको निकुञ्जका वार्डेन डिलबहादुर पुनले बताए। बाघ गणनका लागि चार टिमको व्यवस्था गरिएको छ उनले भने। जसमा राष्ट्रिय प्रकृति संरक्षण कोष, जेएसएल नेपाल, बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी, गोरखदल गण ओभरी ब्यारेक सुरक्षाकर्मी र चोरी शिकार नियन्त्रण युवा जागरण अभियान सदस्य रहेका छन्। एक टिममा छ जनाको सहभागिता रहेको छ।

बाघ गणनाका लागि हरेक ग्रिडमा एकै स्थानको दुईतिर दुई वटा क्यामेरा ट्रयापिङ गरिएको वार्डेन पुनले जानकारी दिए। यस्तो स्थानमा बाघ विचरण गर्दा प्रति ०.३ सेकेण्डमा ३ पटक क्यामराले फोटो खिच्छ र फोटो क्यामरामै सुरक्षित रहने बताएको छ। बाघ अनुगमन गर्दा एक स्थानमा १६ दिन क्यामरा राखिने भएको छ। बाघ गणनाका लागि निकुञ्जमा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्य संचालन समिति गठन भएको छ। बाघ गणनाका लागि क्यामरामा प्रयोग हुने ब्याट्री, खटिएका व्यक्तिहरुको खाना, खाजा खर्च, यातायात, स्टेशनरीमा २० लाख खर्च हुने बताएको छ। बाघको बासस्थान तथा बाघको उचित संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा अहिलेसम्म नौँ वटा पाटे बाघ रहेका छन्।

बाँके राष्ट्रिय निकुञ्ज वि.सं. २०६७ साल वैशाख ३० गते नेपाल सरकारले कालापत्थरमा घोषणा गरी २०६७ साल आषाढ २८ गते विधिवत रुपमा स्थापना भएको नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज हो। मुख्य कार्यालय महादेवपुरी–७, ओभरीमा रहेको छ।  हालसम्म कुसुम तथा  कोहलपुरमा गरी दुई सेक्टर कार्यालय, चार रेञ्जपोष्ट, तीन पोष्टका साथै सुरक्षाका लागि पन्ध्र स्थानमा सुरक्षा पोष्टहरु स्थापना भैसकेका छन्।     

 

प्रकाशित: १२ पुस २०७३ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App