१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाले सभामुखलाई भने, 'विपक्षीलाई पनि विश्वासमा लिनुस'

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुखको सफल कार्यकालको शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफलताको शुभकामना दिँदै विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका हुन्। विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उनले त्यस तर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराए।

उनले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरुलाई सदनबाट पास गराउन नहुने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराए। कोरोना भाईरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।

उनले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिए।
 

प्रकाशित: १४ माघ २०७६ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App