१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले दिए नवनियुक्त सभामुखलाई शुभकामना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन्।

नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई  मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधि संस्था संसदको प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्याकालयको हार्दिक बधाई र शुभकामना दिएका हुन्।

उनले संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा काँधमा आएको भन्दै सो अभिभारामा सफलता मिलोस् भन्ने कामना गरे। उनले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा सञ्चालनमा पूर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाए।

सर्वसम्मति सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उनले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने तथा समाजको पनि मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उल्लेख गरे।

दलहरुबीच एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै उनले एकबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासन तर्फ केन्द्रीत गर्नुपर्ने जरुरी रहेको बताए। कानुनको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको भन्दै आग्रह, पूर्वाग्रह र अनावश्यक बहसमा अल्झन नहुने टिप्पणी गरे।

विज्ञान, प्रविधि र कनेन्टीभिटीको दृष्टिमा दुनिया तीब्र गतिमा अगाडी बढेको त्यो गतिलाई समाउन नसक्ने हो भने समय खेर जाने भन्दै उनले विकासको गतिलाई समाउन सक्ने गरि अघि बढ्न सबैलाई आव्हान गरे। उनले केही दिनपछि आफूले आजको आवश्यकता र समसामयिक विषय बारे नेपाल सरकारको दृष्टिकोण राख्ने पनि जानकारी गराए।

उनले भ्रमण वर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपूर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए।

 

 

 

 

प्रकाशित: १४ माघ २०७६ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App