१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साझा प्रकाशनको महाप्रबन्धकमा गौतम नियुक्त

काठमाडौं- साझा प्रकाशनको महाप्रबन्धक पदमा झापा शिवसताक्षी–२ का होमप्रसाद गौतम नियुक्त भएका छन्। मंगलबार प्रशासन विभागका प्रमुख भेषराज घिमिरेले विज्ञप्ती जारी गर्दैै सो जानकारी दिएका हुन्। माघ ११ गते बसेको साझा प्रकाशन सञ्चालक समितिको बैठकले गौतमलाई महाप्रबन्धकको रुपमा नियुक्त गरेको हो।

यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण तथा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीले महाप्रबन्धकको समेत जिम्मेवारी वहन गर्दै आएका थिए।

राजनीति तथा समाजसेवामा विगत ४ दशकदेखि अनवरत लागेका गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरेका थिए। विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको छ।  

 

                                                                                                                

प्रकाशित: १४ माघ २०७६ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App