२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बिलीलाई चार अवार्ड

लस एन्जल्स (एजेन्सी) – अमेरिकाको लस एन्जल्समा आइतबार सम्पन्न ६२ औं संस्करणको ‘ग्रामी अवार्ड’ मा गायिका बिली इलिसले चार वटा अवार्ड जितेकी छन्। उनले नव कलाकार, उत्कृष्ट एल्बम, गीत र रेकर्डको अवार्ड जितेकी थिइन्।

समारोहमा ‘ब्याड गाइज’ बाट गायिका बिली इलिस ओकोनेल र फिन्नेस ओकोनेलले संयुक्त रुपमा वर्ष उत्कृष्ट गीतको अवार्ड जितेका थिए। समारोहमा कन्ट्री विधामा एकल गायन ‘राइड मि ब्याक होम’ का लागि विली नेल्सन, समूह गायन ‘स्पिचलेस’ बाट डान सा, गीत ‘ब्रिङ माइ फ्लावर्स नाउ’ बाट ब्रान्डी कार्लिल, फिल हेन्सरोथ, टिम हान्सेरोथ र तान्या टकर र एल्बम तान्या टकरले अवार्ड जितेका थिए।

-याप विधामा उत्कृष्ट एल्बम ‘इगोर’ बाट टाइलर र द क्रिएटर, प्रस्तुति ‘रेक्स् इन द मिडिल’ बाट निप्पसे हुस्ले फिचरिङ रोड्डी रिच र हिट ब्वाई, -याप प्रस्तुति ‘हायर’ बाट डिजे खालिद फिचरिङ निप्पसे हुस्ले र जोन लेजेन्ड र गीत ‘अ लट’ बाट जेर्मिन कोलले जिते। आर एन्ड बि विधातर्फ उत्कृष्ट प्रस्तुति ‘कम होम’ बाट एन्डरसन पाक र एन्ड्रे, ट्रेडिस्नल प्रस्तुति ‘जेरोम’ बाट लिजो, गीत ‘से नो’ बाट पिजे मोर्टन, अर्बान कन्टेम्प्रोरी एल्बम ‘कज आइ लभ यु’ बाट लिजो र आर एन्ड बि एल्बम ‘भेन्चुरा’ बाट एन्डरसन पाकले प्राप्त गरे।

पप विधामा सोलो प्रस्तुति लिजो, समूह गायन लिल नस एक्स फिचेरिङ बिली साइरस, ट्रेडिस्नल एल्बम ‘लुक नाउ’ बाट एल्भिस कोस्टेलो र द ईम्प्रोस्टर्स र कमेडी एल्बम डेभ चप्पेलले हात गरेका थिए। पहिलो पटक ग्रामी अवार्डमा मनोनयनमा परेका नेपालका गायक मनोज सिंहको ‘न्यु एज एल्बम’ विधामा भने पिटर कार्टरले ‘विंग्स’ एल्बमबाट अवार्ड जितेका थिए। मनोजले यस विधामा मनोनित देवा प्रेमाल र मिटेनको एल्बम ‘देवा’ मा सहकार्य गरेका थिए।

अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले अडियो बुक विधामा ग्रामी अवार्ड जितेकी थिइन्। उनले स्पोकन वर्ड एल्बम (पोइट्री, अडियो बुक एन्ड स्टोरी टेलिङ) विधामा अवार्ड जितेकी थिइन्।

उनको अटोबायोग्राफी ‘बिकमिङ’ सन् २०१८ मा सार्वजनिक भएको थियो। सो पुस्तकको अडियो संस्करणका लागि उनले ग्रामी अवार्ड जितेकी हुन्। यसअघि हिलारी क्लिन्टनले सन् १९९७ मा ‘इट टेक्स अ भिलेज’ का लागि ग्रामी अवार्ड जितेकी थिइन्। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सन् २००६ मा ‘ड्रिम्स फ्रम माई फादर’ र सन् २००८ मा ‘द अडासिटी अफ होप’ पुस्तकको अडियो संस्करणका लागि दुई वटा ग्रामी अवार्ड जितेका थिए।

प्रकाशित: १४ माघ २०७६ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App