१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आन्तरिक हवाई भाडा घट्यो

काठमाडौं-निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले हवाई भाडा न्यूनतम १ सय १५ रुपैयाँदेखि अधिकतम ३ सय ८५ रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको भाडामा यात्रुले भोलि सोमबारबाट उडान गर्न पाउनेछन् ।

‘नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएपछि हामीले हवाई भाडा घटाउने निर्णय गरेका हौं,’ संघका प्रवक्ता घनश्याम आचार्यले आइतबार नागरिकन्युजसँग भने, ‘भाडा घटेपछि यात्रुलाई पक्कै केही राहत मिल्ने छ ।’

वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमराका लागि १ सय १५ र सबैभन्दा टाढाको धनगढीका लागि ३ सय ८५ रुपैयाँ भाडा घटाउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार अब काठमाडौंबाट सिमरा जान प्रतियात्रु २ हजार ६ सय ५० रुपैयाँ तथा धनगढी जान १० हजार ६ सय ५ रुपैयाँ तिरे पुग्छ । आइतबारसम्म सिमराको भाडा २ हजार ७ सय ६५ र धनगढीको भाडा १० हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
 

 

प्रकाशित: १९ असार २०७३ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App