१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गायिका आस्था राउत प्रहरीकाे सम्पर्कमा

काठमाडौं - गायिका आस्था राउत प्रहरीको सम्पर्कमा आएकी छन्। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएपछि उनी परिवारसँग प्रहरीको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

सोमबार बिहान हाजिर हुन पुगेकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ। राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा लगेका थिए।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो। भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन्।

प्रकाशित: १३ माघ २०७६ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App