१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नमस्कार गरौं

पहिले हामी आफूभन्दा ठूलालाई परैबाट १० औंला जोडेर नमस्कार गथ्र्यौं। तर बिस्तारै बाह्य संसारसँग पहुँच बढ्दै जाँदा हामी हात मिलाउने भएका छौं। अझ कतिपय व्यक्तिले त अंकमाल गर्ने, गाला जोेडेर अभिवादन आदानप्रदान गर्ने गरेको देखिन्छ।

अहिले कोरोना भाइरस फैलिएसँगै विशेषज्ञहरूले यसको संक्रमणबाट बच्न आपसमा हात मिलाउनुको सट्टा नमस्कार गर्न सुझाव दिन थालेका छन्। अचेल सार्वजनिक कार्यक्रममा पुग्दा पनि हस्तमिलन होइन, नमस्कार नै गरौं भन्न थालेका छन्।

भर्खरै पत्रकार कनकमणि दीक्षितले आफ्नो एउटा लेखमा यसबारे चर्चा गरेका छन्। कि नमस्कार गर्ने कि हात मिलाउने गरे पुग्छ। अझ हामीकहाँ नमस्कार पनि गर्ने र हात पनि मिलाउने चलन चलेकाले यो समय बढी खर्च गर्ने तरिका भएको तर्क उनले लेखमा गरेका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने मुखले नमस्कार भन्ने र हात मिलाउने गरेको पनि दीक्षितले उल्लेख गरेका छन्। यसो गर्दा कम्तप्मा समय जोगिने रहेछ, उनले लेखका छन्।

तर कोरोनाजस्ता खतरनाक भाइरसबाट जोगिन भने नमस्कार नै ठीक हुने रहेछ। हामीकहाँ हात धुनुपर्छ भन्ने अभियान चले पनि कतिले वास्तवमै यसलाई महत्वपूर्ण रूपमा लिँदैनन्। हातमा संक्रामक जीवाणु बोकेर फेरि अर्को मानिसलाई सार्न सक्ने खतरा पनि उत्तिकै हुन्छ।

अंकमाल त झनै खतरनाक होला। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंकमाल गर्ने गरेको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक रूपमा आएको थियो। उनी धेरै अंकमाल गर्ने नेता भएका ती मिडियाले उल्लेख गरेका थिए। त्यति मात्र होइन, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा हातै तानेर प्याट्ट हानेको दृश्य पनि कुनै बेला ‘भाइरल’ बनेको थियो।

हामीकहाँ त अभिवादनका विभिन्न तरिका पहिल्यै प्रचलनमा थिए। घरमा आमाबुबालाई खुट्टामै टाउको ढोगिन्थ्यो। अनि अरूलाई परैबाट नमस्कार गरिन्थ्यो। तर बिस्तारै हामीले यस्ता चलन छाडेर हात मिलाउनमै जोड दिएका छौं। खासगरी कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तालाई आत्मीयता तथा समानताको अनुभूति गराउन पनि हात मिलाउने चलन चलाएका हुन्।

अचेल कसैले हात मिलाएन भने ठूलो भएको भन्ने सोच पनि आउन सक्छ। त्यही बाध्यताले पनि हात मिलाउनुपर्ने हुन्छ।
रोगको संक्रमणबाट जोगिने र परम्परा पनि धानिने ‘नमस्कार’मै जोड दिने कि ?

प्रकाशित: १३ माघ २०७६ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App