१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु

उदयपुर–मोटरसाइकलले ठक्कर दिँदा यहाँका पैदलयात्री एक बृद्धको सोमबार राति मृत्यु भएको छ । साँझ ७ः०० बजे स ७ प ७२६२ नम्बरको मोटरसाईकलले ठक्कर दिएर घाइते भएका त्रियुगा नगरपालिका– ७ मोतिगडाका ६० वर्षीय केशरबहादुर ठकुरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाईघाटदेखि जलजलेतर्फ जाँदै गरेको मोटरसाईकलले मोतिगडामा सडक पार गर्ने क्रममा पैदल यात्री ठकुरीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । बेहोस भएर घाइते भएका ठकुरीको जिल्ला अस्पताल उदयपुरमा उपचार गर्दागर्दै राति ९ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी सहायक निरीक्षक गंगाराम राईले बताए ।    

मोटरसाईकल चालक सोही ठाउँका अशोक राई सामान्य पनि घाइते भएका छन् । उनको जिल्ला अस्तालमै उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने चालकमाथि अनुसन्धान अघि बढाइएको असई राईले बताएका छन्।  
 

प्रकाशित: १२ पुस २०७३ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App