१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

कोरोना आतंकले चीनमा हजारौं हल बन्द

बेइजिङ – कोरोना भाइरसका कारण चीनमा सञ्चालित हजारौ फिल्महरू प्रभावित भएका छन्। चिनियाँसञ्चार माध्यमका अनुसार कोरोना भाइरस आतंकलगत्तै चीन सरकारले ७० हजारभन्दा बढी फिल्म हल बन्द गराएको छ।

राष्ट्रिय बक्स–अफिसको मुख्य दिन मानिने चिनियाँ नयाँ वर्षसँग हजारौं फिल्म हल बन्द गरिएका छन्। चीनमा वान्डा, दादी, बोना र सिजिभीलगायत लोकप्रिय फिल्म हलहरूका शाखा बन्द गरिएका छन्। कोरोना भाइरसबाट हालसम्म ५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी मानिसहरू प्रभावित भएका छन्।

रिपोर्टका अनुसार वितरकहरूले चिनियाँ नयाँ वर्षलाई केन्द्रित गरेर सात वटा ब्लाकबस्टरको रिलिज रोकेका थिए। नयाँ वर्षमा टिकट बिक्रीबाट चीनमा १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी हुन्छ।

गत शुक्रबारमात्र चीनमा सञ्चालित ११ हजार ठूला मलहरूका कम्तीमा ७० हजार फिल्म हल बन्द गरिएका थिए। ‘हाम्रो प्रान्तमा देखिएको कोरोना भाइरस रोकथामको निम्ति आगामी स्प्रिेङ महोत्सको छुट्टीसम्म फिल्महरू बन्द हुनेछन्। प्रत्येक थियटर कम्पनीले आफ्ना फिल्म हलहरूलाई बन्द र रकम फिर्ता गर्न निर्देशन दिएका छौं,’गुवाङडोङ प्रान्तका एक अधिकारीले भने।

हाल केही फिल्म हलहरू सुरक्षाको मापदण्ड अप्नाएर सञ्चानल भइरहेका छन्। हाल संघाई डिस्नेल्यान्ड, द फर्बिडन सिटी, बर्डस् नेस्ट स्टेडियम, राष्ट्रिय म्युजियम र ग्रेट वेललगायत पर्यटकीय स्थलहरू बन्द गरिएका छन्। फिल्म हलहरू बन्दका कारण ठूलो बजेट फिल्महरू प्रभावित भएका छन्। चीनको अर्थतन्त्रमा यहाँको फिल्म उद्योगले महत्वपूर्ण भूमिका निवार्ह गर्दछ।

प्रकाशित: १३ माघ २०७६ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App