१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाइजो न्यूनीकरणको सन्देश गाउँगाउँमा

दाइजो प्रथा र बालविवाह न्यूनीकरणविरुद्ध बाराको फेटामा सडक नाटक प्रदर्शन गर्दै कलाकार। तस्बिर:नागरिक

बारा - ससामाजिक विकृतिका रूपमा रहेको दाइजो कुप्रथा र बालविवाह न्यूनीकरणका लागि बारा प्रहरीले गाउँगाउँमा सडक नाटक प्रदर्शनका साथै जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ। शनिबार फेटामा दाइजो प्रथा र बालविवाह न्यूनीकरण गर्ने उद्देश्य भएकोे सडक नाटक प्रदर्शन गर्नुका साथै बालविवाह र दाइजो प्रथाबाट समाज भइरहेको क्षतिबारे सहभागीलाई जानकारी गराइएको बारा प्रहरीले जनाएको छ।

उपरीक्षक विकासराज खनालका अनुसार गाउँगाउँमा पुगेर कुप्रथाका रूपमा रहेको बालविवाह र दाइजो सामाजिक अपराध भएको र यस कार्यमा सहभागी भएको पाइएमा कानुनी कारबाहीमा परिने कुरा सडक नाटकमार्फत स्थानीयलाई जानकारी गराउँदा निकै धेरै प्रभावकारी भएको छ। प्रहरीले गाउँमा पुगेर विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र धर्मगुरुहरूलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्ने गरेको छ। यसरी सबै जनालाई दाइजो प्रथा र बालविवाह गर्दा सक्रिय हुने कानुनी व्यवस्थाबारे जानकारी दिइने हुँदा कारबाहीमा परिने डरले आइन्दा यस्तो गलत काममा सक्रिय नहुन अभिभावकहरू प्रेरित हुने उपरीक्षक खनालले बताए।

पहिला दाइजो माग्दा वा बालविवाह गर्दा सामाजले गरेका कार्यमा प्रहरी–प्रशासनले हस्तक्षेप नगरे पनि अब कारबाहीको भागिदारी बन्नुपर्ने जानकारी स्थानीयलाई गराउन गाउँगाउँमा पुगेर जनचेतनामूलक कार्यक्रम गरिएको बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।.

 

प्रकाशित: १२ माघ २०७६ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App