१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सबैभन्दा भारी हुँदो रहेछ मृत्युको प्रमाणपत्र

आफ्नो प्रमाणपत्र चिसो हातले उठाउन सकेन। सबैभन्दा गह्रौ हुँदोरहेछ मृत्युको प्रमाणपत्र,’रवीन्द्र समीरको उपन्यास ‘मृत्युको आयु’मा उल्लेख अंश हो। यो एक सय ६६ स्वतन्त्र  लघुकथा उनिएको यस कृतिमा आर्थिक, आध्यात्मिक, सांस्कृतिक,राजनीतिकर सामाजिक क्षेत्रका विकृति र विसंगतिलाई आत्मालाप मार्फत प्रस्तुत गरिएको छ।

गाँस, बास र कपास जुटाउन बिदेसिएको युवारातदिन काममा खटिए र खानपान, लत्ताकपडा र स्वास्थ्यमा उचित ध्यान दिन नसक्दा मृत्यु वरण गर्न पुगेको कथालाई बढो मसिनो गरी केलाइएको छ। पञ्चतत्वद्वारा निर्मित मानव शरीर सकिएर जडमा परिणत भएपछि आत्मा मुक्त हुन्छ। उपन्यासमा आत्मा घ र–खाडी ओहोरदोहो र गरिरहेको देखाइएको छ। आत्माले परिवार, साथीभाइ, छिमेकी, आफन्त, मालिक, अस्पताल र एयरपोर्टका कर्मचारी, बाकस चोर्ने धनाढ्य चोरहरू, पण्डितका मृत्युसंस्कार सम्मका क्रियाकलाप अनुगमन गर्छ। जन्मभन्दा मृत्यु ठूलो शक्ति हो। प्रत्येक वर्ष श्राद्धको बहानामा भोजभते र गरिएपनि मृतकको पुण्य जन्मदिन नसम्झिएकामा खेद प्रकट गरिएको छ, श्राद्धलाई फरक कोणबाट हेरिएको छ।

इस्लाम परम्परा अनुसार मृतकलाई शुद्ध पारेर अल्लाहको नाममा प्रार्थना गरेपछि कफनमा राखेर विमानस्थल पठाइन्छ। विमानमा बौद्ध एय र होस्टेजले स्वागत गर्छिन् । इसाई चालकले विमान चलाउँछन्। नेपालमा हिन्दु धर्मअनुसार मृतकको दाहसंस्कार गरिन्छ। यसरी धार्मिक सहिष्णुताको विषय उठाइएको छ। मृत्युपछि विभिन्न ज्ञात–अज्ञात धर्मर परम्परा आत्मा पात्रले अवलम्बन गरेको देखाए र धर्मको नाममा मान्छेमान्छेबीच विभाजकरेखा को रिदिए र धार्मिक युद्ध चाहनेहरूलाई व्यंग्य गरिएको छ।


सामाजिक सञ्जालमा मान्छे नमर्दै श्रद्धाञ्जली लेखिएको प्रसंगमार्फत मानिसले अपरिचप्रति प्रेमको अभिनय गरेको संकेत गरिएको छ। जिउँदो हुँदा मुख हेर्न नचाहनेहरूले मृत्युपछि सामाजिक सञ्जालमाराखेका स्ट्याटसले पात्रको मन दुखेको छ। आफ्ना गुण थाहा पाउन मृत्युको मुख देख्नुपर्ने तीतो यथार्थ पनि प्रस्तुत छ। चाडपर्वमा बिदा नदिने मालिकले मृत्युपछि हवाईजहाजको टिकट किनिदिएको, लास सुरक्षितराख्न थरीथरीका रसायन राखिएको, साथीहरूले परिवारसम्म लास पु(याइदिएकोर पैसा फिर्ता नगरिएको घटनामार्फत सिंगो समाजलाई उदांगो पारिएको छ।

त्यस्तै, काजकिरियामा पण्डितबाट हुने धुत्र्याइँको खिल्ली उडाइएको छ। पण्डितले आफुलाई दुर्गम हुने छोड्दै सुगम हुने कुनै प्रसंग थपे र गरुण पुराण वाचन गरेको, दानहरूको बढाइचढाइ व्याख्या गरेको र दान नदिए पितृ नतर्ने भन्दै शोकित परिवारलाई झनै दुःखी बनाएको घटना मार्मिक लाग्छ। लास सरकारी प्रक्रियाका कारण नेपाल ढिलो आइपुग्ने गरेको संकेत गरिएको छ। शव निकाल्नासाथ बाकस चोरी भएर फर्निचरमा पुगे र विभिन्न आकारमा परिवर्तन भएको सन्दर्भलाई यसरी प्रस्तुत गरिएको छ, ‘उसले बेचेका काठका बाकसहरू खाट, दराज, टेबल, कुर्सी, किचन सेट लगायत फर्निचरमा परिणत भए अनि फर्निचर सोरुममा बसे। ग्राहकलाई ती फर्निचर देखाउँदै पसलेले भन्यो– यो सबै भन्दा राम्रो विदेशी फर्निचर हो। यसमा कीरा लाग्दैन। सधैं चम्किलो हुन्छ, वास्तु तथा ग्रह दोष हुँदैन। पूजाकोठामा यसको पार्केटिङ गरे पुण्य कमाउन चारधाम जानुपर्दैन, सात सप्ताह लगाउनुपर्दैन।’

स्वदेशी छाडे र विदेशी सामानप्रति बढ्दो आकर्षणलाई ‘बन्द व्यापार’मा गतिलो झापड हानिएको छ। ‘पाश्र्व प्रभाव’ मा लेखिएको छ, ‘नमर्नु पर्ने ऊ म-यो। उसलाई त्यस्तो मृत्यु पटक्कै मन परेको थिएन, जसरी ऊसलाई त्यस्तो जीवन मन परेको थिएन। मृत्युपछि पनि उसलाई जीवनको तनावले पटक्कै छाडेन।’‘भन्सारमा लासको भन्सार छुट गरिएको सन्दर्भ छ। जिउँदो हुँदै घर ल्याइएका सामानमा छुट दिइएको भए सबै जना खुसी हुनेतर्फ इंगित गरिएको छ। कृति मानवीय संवेदना हराएका प्रशस्त सन्दर्भ पाइन्छन्, अरूको वेदना तथा पीडा वास्तै नगरी सेल्फी खिच्दै फेसबुकमा पोस्ट गर्ने विकृति बढ्दै गएको देखाइको छ।

‘खल्ती’मा मलामीले अबिर, फुल तथा खादाको सट्टा सेल्फी खिचे र ‘फिलिङ स्याडएन्ड आर्यघाट’ लेखेर फेसबुकमा पोस्ट गरेको, म रेपछि सुनको टुक्रा खुवाइदिने चलनप्रति व्यंग्य गरिएको छ । जीवनर मृत्यु असमान भए पनि मान्छे ठग्नकै लागि जन्मिएको ठानिएको छ । विचा रविना जन्मिएको मान्छे मृत्युको मुखमा पुग्दासम्म विचा रलाई जीवन्त बनाउन केन्द्रित हुन नसक्ने विचारसमेत पाइन्छ ।मृत्युको आयु भुइँमान्छेको कथा हो। गरिबलाई धरतीमा मात्र होइन, स्वर्गमा पनि ठाउँ नहुनेर आफ्नै खरानीमा हकराख्न नपाएको मार्मिक सन्दर्भ उपन्यासमा पाइन्छ । विधिपूर्वक बाँच्नभन्दा मर्न धेरै गाह्रो हुन्छ। बाँच्नकै लागि हजा रौं तयारी गर्ने मान्छे मृत्युको आभासले रुन्छ, छटपटाउँछ, हतप्रभ हुन्छ, कहिल्यै मर्ने तरिका सिक्दैन, कुनै तयारी गर्दैन।

आफन्त तथा इष्टमित्रबाट आपतविपदमा सहयोग पाइँदैन। मृत्युपछि जान–अन्जान व्यक्तिबाट सहानुभूति पाइन्छ, गुणगान गरिन्छ, देवता बनाइन्छ। जीवित हुँदै प्रशंसा र सहयोग गरिएको भए जीवन परिवर्तन हुन्थ्यो, बाँच्थ्यो। शवलाई सफार महँगा कपडा लगाइदिन्छन् । प्रशंसा गर्दै पुरस्कार र सम्मान प्रदान गरिन्छ, यो साँचो अर्थमा मानवीय संवेदना होइन। आख्यानकार मृत्युपछि गरिने सम्मान निर्थक ठान्छन्। आख्यानका रले नि राशै नि राशाको संगालोभित्र पनि जीवनको उज्यालो पक्षको प रिकल्पना गरेका छन्।

लघुकथाहरू उनेर उपन्यास तया र पार्नु एउटा साहित्यक प्रयोग हो, लेखकको खुबी हो।आख्यानकारले आफु मरेको आभास गरेर उपन्यास तयार पारेका छन्, निकै दौडधूप र अध्ययन गरेको बुझिन्छ। कृति बौद्धिकताका दृष्टिले उत्कृष्ट छ । जीवनर मृत्युलाई नजिकबाट बुझ्न मृत्युको आयु पढ्नैपर्ने कति हो।
सुमित्रा न्यौपाने

प्रकाशित: ११ माघ २०७६ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App