१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

छब्दीलाई हराउदै गोगन तृतिय

तेस्रो स्थानका लागी गोगन र छब्दीका मावीका खेलाडी खेल्दै । तस्बिर: विनोद/नागरिक

दुलेगौँडा (तनहुँ)- पञ्चमुनिदेव मावीद्वारा स्वर्ण महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगितामा गोगन मावी कास्कीले तेस्रो स्थान प्राप्त गरेको छ। गोगनले शुक्रबार भएको खेलमा छब्दी मावी तनहुँलाई ३–२ को सेटमा पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा गोगनले २५–१८, १८–२५, २५–२२, १६–२५, र १६–१४ को स्कोरमा छब्दीलाई पराजित गर्‍यो।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा छब्दीले आयोजक पञ्चमुनीदेवको समुह ‘बि’ सँग ३–१ को सेटमा पराजित हुँदा फाईनल प्रवेश गर्न सकेन। दोस्रो खेलमा गोगन जनप्रेमी मावी फिरफिरे तनहुँसँग  ३–० को सोझो सेटमा पराजित हुदाँ तेस्रो स्थानका लागी छब्दीसंग भिडेको हो।

आईतबार हुने उपाधी भिडन्तमा जनप्रेमी र पञ्चमुनी ‘बि’ आमनेसामने हुनेछन्। उपाधी विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो र तेस्रोलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमश:  ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

 

प्रकाशित: १० माघ २०७६ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App