१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मुर्ति चोरी अनुसन्धानका क्रममा अत्याधुनिक हतियार बरामद

प्रहरीले बरामद गरेका हतियारहरु । तस्बिरः डिबी बुढा

जुम्ला– चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति मुर्ति चोरी भएको घटनाबारे अनुसन्धानमा लागेको प्रहरीले जुम्लाका विभिन्न स्थानबाट स्वचालित तथा अर्ध स्वचलित हतिायर बरामद गरेको छ। जिल्लाको गज्र्यांकोट–८ का जंगलबाट दुई थान एसएलआरसहित, तीन थान पेस्तोल र दुई थान रिभल्वर बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाले पत्रकार सम्मेलन गरी बरामद गरिएका हतियार बारे जानकारी दिएको हो।
प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेका अनुसार एसएलआर दुई थान, एसएलआरको म्यागेजिन २ थान, प्लाष्टिकको डब्बामा राखिएको एसएलआरमा प्रयोग हुने गोली २५ राउण्ड र थ्रिनटथ्री राइफलमा प्रयोग हुने गोली २ थान बरामद गरिएको हो।

यस्तै भारतीय सेनाले प्रयोग गर्ने अटोमेटिक पेस्तोल १ थान र तीन राउण्ड गोली, भारतीय कम्पनीकै स्वाचालित पेस्तोल १, रिभल्वर दुई थान र ५ राउण्ड गोली, नम्वर मेटिएको ६ वटा गोली प्रयोग हुने रिभल्वर एक थान, कटुवा पेस्तोल एक थान बरामद गरिएको हो। केप र फयुजसहितको डेटोनेटर ७ थान, पेस्तोल सफा गर्ने गज एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक काफ्लेले गज्र्यांकोट गाविस ८ का वेदनराज थापा र कमल थापालाई नियन्त्रणमा लिइएर अनुसनधान थाल्दा हतियार लुकाइएको अवस्थामा बरामद गरिएको हो। भीरको कोप्चो, खेतको कान्ला र जंगलमा राखिएको अवस्थाम हतियार बरामद गरिएको थियो। अभियुक्त वेदनराज थापालाई काठमाडौं र कमल थापालाई नेपालगञ्जमा प्रहरीले नियन्त्रणमा लिई अनुसनधान थालेको थियो।

सिआईबीका डिएसपी अरुणकुमार पौडेलले मुर्ति चोरी घटनाको अनसन्धान थाल्दा हतियार बरामद भएको जनाए। ‘हतियारको आडमा हुने कुनै पनि चोरी डकैतीको अन्त्य गर्ने प्रहरीको अभियान छ,’ उनले भने। आइताबार विहान  दिउँसो २ वजेदेखि साँझ ८ बजेसम्म खोजतलास गर्दा विभिन्न स्थानमा हतियार भेटिएका थिए।
 

प्रकाशित: ११ पुस २०७३ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App