१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बाक्सिला गोल्डकप फागुनमा

खोटाङ– मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि खोटाङमा विगत १५ वर्षअघि सुरु गरिएको बाक्सिला गोल्डकपको एघारौं संस्करण आगामी फागुनमा हुने भएको छ।

फुटबलको व्यवसायीक विकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित बाक्सिला फुटबल क्लवको आयोजनामा २०६१ सालदेखि सञ्चालन हुँदै आएको बाक्सिला गोल्डकपको एघारौं संस्करण आगामी फागुन २२ गतेदेखि केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा सञ्चालन हुने भएको हो। मंगलबार बसेको बैठकले बाक्सिला गोल्डकपको अर्को संस्करणको मिति तोकेको क्लवका अध्यक्ष शिवकुमार राईले बताए।

बाक्सिलामा भएको बैठकले माघ १३ गते क्लवको आयव्याय सार्वजनिक गर्ने, १० औं संस्करणकाक्रममा निर्णायकमाथि हातपात गरेकामा बुईपा खेलकुद समूह ११ र सो क्लवबाट खेल्ने खेलाडीलाई एक वर्षसम्म बाक्सिला फुटबल क्लवले आयोजना गर्ने जुनसुकै प्रतियोगीतामा सहभागी हुनमा प्रतिबन्ध गर्ने, एघारौं संस्करणका लागि पुरस्कार राशी बढाउने लगायतका निर्णय गरेको छ।

जिल्लामा फुटबल खेलको व्यवसायीक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिन लागिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष राईले बताए।

प्रकाशित: ८ माघ २०७६ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App