१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङ दुर्घटना : गम्भीर घाईते १५ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइयो (अपडेट)

धादिङ-  धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा भएको ट्रक दुर्घटनामा गम्भीर घाईते भएका १५ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। मंगलबार ज्वालामुखी गाउँपालिका वडा नं ४ मा रहेको ढोला मण्डली मन्दिरबाट धादिङबेसी तर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ पठाइएको धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए। ४५ जना यात्रु सवार आइचर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। मादकपदार्थ सेवन गरेर तीब्र गतिमा सवारी चलाउँदा ट्रक दुर्घटना भएको घाईतेहरुले बताएका छन्। ट्रकका चालक र यात्रुहरु अधिकांशले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाई छ।

..........................................................................................................................................................

 धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए।

दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएका छन्। घाईतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल धादिङबेसीमा उपचारका लागि ल्याईएको छ। हरेक हप्ताको मंगलबार ढोला मण्डलीमा पूजा गर्ने चलन रहेको छ।

 

 


 

 

प्रकाशित: ७ माघ २०७६ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App