१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिलातर्फ नेपाल पुलिस सेमिफाइनलमा

काठमाडौं – नेपाल पुलिस क्लब पाँचौं आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सोमबार सेमिफाइनलमा पुग्न सफल भएको छ। नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामामा ढोरपाटन स्पोटर््स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै पुलिस सेमिफाइनलमा पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी च्याम्पियनसिपको महिलातर्फ समूह ‘बी’ को अन्तिम खेलमा पुलिसले ढोरपाटनलाई २५–५, २५–१५, २५–८ ले पराजित ग-यो। तीन टोली रहेको समूहमा पुलिस सेमिफाइनल पुग्दा ढोरपाटन र होङ्वान्जी न्यु डायमन्डले अर्को चरणको यात्रा तय गर्न अन्तिम खेल कुर्नुपर्नेछ।

यसअघि होङ्वान्जी न्यु डायमन्डसँग ३–२ ले पराजित भए पनि पुलिसले एक अंक जोडेको थियो। ढोरपाटनविरुद्ध स्पष्ट तीन अंक लिएपछि पुलिस कुल चार अंक बटुल्न सफल भयो। न्यु डायमन्डले मंगलबार ढोरपाटनविरुद्ध जित निकाले समूहविजेताको रूपमा सेमिफाइनलको यात्रा तय गर्नेछ। यसअघि समूह ‘ए’ को समूहचरणबाट बाहिरिसकेका भरतपुर मेट्रो खेलकुद परिषद् र जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीचको खेलमा भरतपुरले सान्त्वना जितसहित प्रतियोगिताको यात्रा टुङ्ग्यायो।

भरतपुर मेट्रो खेलकुदले जावलाखेललाई २५–८, २५–९ र २५–१५ ले पराजित ग-यो। मंगलबार नै त्रिभुवन आर्मी र एपिएफ क्लबले यसै समूहको विजेता बन्नका लागि प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्पm पनि त्रिभुवन आर्मी क्लब समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ। आर्मीले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७ र २५–१७ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। आर्मीसँग पराजित नयाँ बजार समूह उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो।

यस समूहमा आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै समूहचरणबाटै घर फर्कियो। समूह ‘बी’ को खेलमा बुलबुले रारा क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१५, २५–२१, २५–१० ले हराउँदै क्वार्टरफाइनलको सम्भावना बलियो बनाएको छ। तीन टोली रहेको यस समूहमा बुलबुलले एपिएफविरुद्ध पहिलो खेलमा हार बेहोरेको थियो। मंगलबार जावलाखेललाई हराए एपिएफ समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्दा बुलबुल पनि उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ।

समूह ‘सी’ मा एउटा टोली सहभागी नभएपछि एकआपसमा भिड्नुअघि पुलिस क्लब र मणिमुकुन्द क्वार्टरफाइनलमा पुगिसकेका छन्। यी टोली मंगलबार समूहविजेताका लागि भिड्नेछन्। दुई टोली मात्र सम्मिलित समूह ‘डी’ बाट हेल्प नेपाल समूहविजेता बन्दा बुद्ध टोल भलिबल क्लब उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगिसकेको छ।

प्रकाशित: ७ माघ २०७६ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App