१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सभामुख र उपसभामुखमध्ये एकमा कांग्रेसको दाबी

काठमाडौं - नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दावी हुने स्पष्ट पारेको छ। सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टी दावेदारी हुने बताए। माघ १२ गते हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दल र लिंगको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागु हुने उनको भनाइ छ।

नेकपासँग बहुमत भएका कारण उसले सभामुख र उपसभामुख मध्ये एउटा जिम्मेवारी सम्हाल्ने र नेपाली कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दलका भएका नाताले सभामुख उपसभामुख मध्ये सत्तारुढ दलसँग हुने समझादारी अनुसार उम्मेदवारी दिइने बताए। पार्टीको बैठक बसेर निर्णय गर्छ। स्वभाविक रुपमा नै एक पदमा हाम्रो दावी हुन्छ। निर्वाचनलाई बाइकट’ गर्ने कुरा हुँदैन्। प्रकृयामा सहभागी हुने हो। संविधानको प्रावधान अनुसार अगाडि बढ्ने हो।’’ उनले भने।

नेकपा सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि पार्टीले उम्मेदवार बनाएका अग्नि सापाकोटा हरके हिसाबले उपयुक्त रहेको बताए। आन्दोलनको अगुवा, विगतमा मन्त्रीको भूमिका गरिसकेको हिसाबले उहाँको उम्मेदवारी उपयुक्त रहेको पोखरेलको भनाई छ।

द्वन्द्वकालिन विषयहरु उठ्ने अवस्थामा सापकोटाको मात्रै नभएर सबैका मुद्धाहरु उठ्ने उनको भनाई थियो। उनले भने, द्वन्द्वकालिन विषयहरु उठाउने हो भने उहाँको मात्रै होइन्। सबैका कुरा उठ्छन नी। त्यसैले द्वन्द्वकालिन विषयहरु आयोगको माध्यमबाट समाधानको दिशातर्फ जानुपर्छ उहाँ (सापकोटा) योग्य नेता हुनुहुन्छ।’’

सांसद पोखरेलले शिवमायाको दावीलाई सचिवालयले किन ग्रहण गरेन् भन्ने प्रश्नमा भने, उपसभामुख हुने वित्तिकै सभामुखको उम्मेदवारका लागि उपयुक्त हुन्छ भनेर सोच्नु गलत हो।’ सत्तारुढ दल नेकपाको सचिवालयले सभामुखका लागि सापकोटालाई अगाडि सारेको छ। माघ १२ गते सभामुखको निर्वाचन हुँदैन्।

प्रकाशित: ६ माघ २०७६ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App