१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामाको घोषणा

फाइल तस्बिर

काठमाडौं - प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने घोषण गरेकी छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै आफू मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको जानकारी तुम्बाहाङ्फेले गराएकी हुन्।

दुई वर्षसम्म आफूले गरिमामय अङ्गको नेतृत्व गर्न पाएकोमा सो समय महत्वपूर्ण रहेको स्मरण गरेकी छन्। सभामुखका विषयमा संसदमा बहुमत प्राप्त दलले नेतृत्वको दाबा गरेपछि प्रचलित कानुन र संवैधानिक व्यवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि आफूले सहजीकरण गरेको उनले बताएकी छन्।

अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्यले गर्नेछन्।

प्रकाशित: ६ माघ २०७६ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App