४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्षेप्यास्त्र आक्रमणमा ७० सैनिक मारिए

यमन (एजेन्सी) – यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा परी शनिबार करिब ७० जना सैनिक मारिएका छन्। यमनको मरिब प्रान्तमा रहेको मस्जिदमा विद्रोहीहरूले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको त्यहाँका अस्पतालले जनाएका छन्।

आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पतालले पुष्टि गरेको छ। यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले आक्रमणलाई कायरपूर्ण र आतंककारी घटना भन्दै निन्दा गरेका छन्।

घटनामा परी दर्जनौँ घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाका बारेमा हुथी विद्रोहीले भने कुनै प्रतिक्रिया जनाएको छैन। यसअघिका भएका क्षेप्यास्त्र आक्रमणमा भने हुथी विद्रोहीहरूले जिम्मेवारी लिने गरेका थिए। हुथी विद्रोहीले सन् २०१४ देखि देशको अधिकांश भाग कब्जामा जमाएको छ।

प्रकाशित: ६ माघ २०७६ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App