१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भिरबाट खसेर मृत्यु

पर्वत- भिरबाट खसेर आइतबार यहाँ एक युवाको ज्यान गएको छ। लिमिठाना गाउँ विकास समिति वडा नम्बर ३ घर भई सदरमुकाम कुश्मामा मजदुरी गर्दै आएका ३० बर्षिय कृष्ण परियार भिरबाट खसेर मृत्यु भएको हो।

कुश्मा नगरपालिका–९ भण्डारीटोल नजिकै गुहेखोलाको डिलबाट लडेर परियारको मृत्यु भएको हो। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोलीले उद्दार गरेर निकालेपनि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई भिरमा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । अहिले उनको शब पोष्टमार्टमका लागि पर्वत अस्पतालमै राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए ।

प्रकाशित: १० पुस २०७३ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App