१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले लगायतका दलले संशोधन प्रस्तावविरुद्ध शक्ति प्रदर्शन गर्ने

विराेधका कार्यक्रमबारे जानकारी दिन अायाेजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी अाेलीसहितका नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका साना दलले प्रदर्शन गर्ने भएका छन्।

संविधान कार्यान्वयनका लागि जनदवाव सिर्जना गर्न भन्दै उनीहरुले पुस २२ गते प्रदर्शनी मागर्मा शक्ति प्रदर्शन गर्न लागेका हुन्। उनीहरुले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिएर संसदको अवरोध खोल्ने वातावरण बताउन सरकारसँग माग गरेका छन्।

उनीहरुले सरकार प्रतिपक्ष विरुद्ध उदण्ड र असहिष्णुतापूर्वक प्रस्तुत भएको आरोप समेत लगाएका छन्। प्रदर्शन आव्हान गर्नेहरुमा एमाले सहित ९ दल रहेका छन्। जसमा नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी,  नेपा राष्ट्रिय पार्टी र मधेश समता पार्टी रहेका छन्।

उनीहरुले संविधान संशोधनको आवश्यकता र औचित्य स्थापित हुन नसकेको दावी गरेका छन्। संविधानको दोस्रो संशोधन विधेयक तराई- मधेस विरोधी र देशको हित विपरित भएको उनीहरुको विज्ञप्तिमा उल्लेख छ। संशोधन प्रस्ता सार्वभौमिकता र भौगोलिक अखण्डताको विपरित र संविधान प्रतिकुल भएको उनीहरुले बताएका छन्।

 

प्रकाशित: १० पुस २०७३ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App