१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सरकारी छात्रवृत्तिमा अध्ययन गरेर विदेश बस्नेबाट सरक फिर्ता गराउन माग

काठमाडौं–सरकारी छात्रवृत्तिमा पढेर विश्वका विभिन्न देशमा  ग्रिनकार्ड लिएर बसेका नेपालीले सरकारबाट लिएको रकम फिर्ता गर्नुपर्ने माग गरिएको छ। 

आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत  हाल दुवईको राजा मोहम्मत विन रसिदद्वारा सञ्चालित स्कूल अफ गर्भमेन्टमा स्नातकोत्तर अध्ययनरत दिपेन्द्र कँडेलले सरकारी अनुदानमा पढेर विदेश गएर उतै बसेका नेपालीबाट रकम फिर्ता गर्नुपर्ने बताएका हुन्।

उनले सरकारले चाहेको अवस्थामा सरकारी छात्रवृत्तिमा अध्ययन गरेर विदेश बस्ने नेपाली पढेको विश्वविद्यालयबाट रकम फिर्ता गर्नसक्ने बताए। सो रकम फिर्ता गरी सरकारमार्फत शिक्षा विकासका लागि उपयोग सुझाव दिएका हुन्। ‘ मलाई आशा छ, मेरो यो विचारमा सबै विदेशिएका विद्यार्थीले र देशका अन्य नागरिकहरुले पनि यो नीतिलाई लागू गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुनेछ,’ उनले भने। उनले नीति विश्वका विश्वका धेरै विकसित देशहरुमा लागू भइसकेको जनाए।

प्रकाशित: १० पुस २०७३ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App