१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मेसीलाई संन्यास फिर्ता लिन समर्थकको र्याली

बियोनस आरिस–अर्जेन्टिनाको राजधानी बियोनस आरिसमा शनिबार सयौं फुटबल समर्थकले आफ्ना फुटबल कप्तान लियोनल मेसीलाई संन्यास फिर्ता लिन दबाब स्वरुप र्याली लिकालेका छन्।

मेसीले गत हप्ता अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउट पराजित  भएपछि अप्रत्यासित रुपमा संन्यासको घोषणा गरेका थिए।उनको उक्त संन्यासपछि उनका समर्थकहरुले उनलाई समाजिक संजालमार्फत आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गर्दै आएका छन्। साथै अर्जेन्टिाइन राष्ट्रपति  र फुटबल लिजेन्टहरुले पनि उनले आफ्नो निर्णयमा पुर्नविचार गर्नु पर्ने बताइरहेका छन्।
चिसो मौसम तथा वर्षाका वाबजुद सोचे भन्दा केही कम समर्थक उपस्थित उक्त र्यालीमा समर्थकहरुले विभिन्न खाले प्लेकार्ड तथा साइनबोर्डको प्रयोग गरेका थिए।

मेसीले १३ वर्षको उमेरमा  स्पेनिस क्लब बार्सिलोनाबाट फुटबल करियर सुरु गेका थिए। उनलाई आफ्नो क्लबमा मात्र सफल भएको र अर्जेन्टिाकालागी प्रमुख उपाधि दिलाउन नसकेको भन्दै विभिन्न समयमा आरोप लाग्दै आएको छ।
मेसीलाई अन्तराष्ट्रिय फुटबल जगतमा म्यारोडोना र पेले पछिको सर्वाउत्कृष्ट खेलाडीका रुपमा लिइन्छ। समर्थकले र्यालीमा आफूहरुले मेसी जस्ता प्रतिभावान खेलाडी  र कप्तान अबको हजारौं वर्षमापनि देख्न नपाउने  बताएका थिए।

 

प्रकाशित: १९ असार २०७३ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App