१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सडकमा मात्र २० करोड बजेट

बाजुरा- बजेट विभेद गरिँदै आएको बाजुरामा पछिल्लो समय राज्यले व्यापक लगानी बढाएको छ। प्रदेश र संघिय सरकारबाट यो वर्ष मात्र जिल्लामा वर्षेनी करोडौं बजेट भित्रिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका योजनाका लागि २० करोड बढी बजेट विनियोजन गरि कार्यान्वयन प्रक्रिया थालेको छ।

१३ वटा सडक योजनाका लागि २० करोड १ लाख बजेट पूर्वाधार विकास कार्यालय मार्फत आएको कार्यालय प्रमुख जंगबहादुर थापाले बताएका छन्। पूर्वाधार विकास कार्यालय अछाम मार्फत कार्यान्वयन हुने गरि २ वटा गौरवका योजनासहित १३ वटा सडकमा रकम विनियोजन गरिएको कार्यालय प्रमुख थापाले बताएका छन्।

योजनामध्ये मार्तडी कोल्टी र सिंग्रा, आटीचौर मार्तडी सडक बहुवर्षिय लगानी आउने गरि गौरवको योजनामा समावेश गरिएको छ। त्योमध्ये सिंग्रा आटीचौर मार्तडीमा ६ करोड ३१ लाख र मार्तडी कोल्टीमा ६ करोड रुपैयाँको बजेट विनियोन गरिएको छ। मार्तडी कोल्टी सडकको कालोपत्रेसहित २ चरणमा काम हुने गरि प्रक्रिया सुरु भईसकेको छ।

यता खप्तड छेडेदह गाउँपालिकाको सिंगा आटीचौर मार्तडी सडक दुई लेनको पानी कुलोसहित ८ मिटरको पहिलो चरणको निर्माण गरिने भएको छ। तर निर्माण कार्य सिंग्राबाट नै सुरु गरिनुपर्नेमा भौनेरा राखिएको प्रति स्थानीयले असहमति जनाएपछि टेन्डर प्रक्रियामा गए पनि काम सञ्चालनमा ढिलाई हुने देखिएको छ।

जनताको माग विपरित सर्भे र टेण्डर गरिएकोमा विरोध रहेको खप्तड छेडेदह गाउँपालिका १ का अध्यक्ष वीरबहादुर रावलको भनाई छ। योसँगै मार्तडी घटमुना र सेरा आटीचौर सडक कालोपत्रेका लागि १÷१ करोड बजेट विनियोजन गरिएको छ। बहुबर्षिय लगानी रहने यी दुबै सडकको निर्माण कार्य सुरु भईसकेको छ।

कवाडी बिच्छ्या सडकका लागि २ करोड बजेट छ, भने स्वामिकात्र्तिक गाउँपालिकाको कलापहडादेखि लमालवाडासम्म ५० लाख र रमार्तडी रजाली सडक निर्माणका लागि १ करोड रुपैयाँको बजेट छुट्याइएको छ।

मनिकाँडा कर्णालीदेखि गोत्री बडिमालिका मार्ग गोत्रीका लागि ५० लाख, दैया कोटीला सडक ३० लाख, बतासेपीपलदेखि बाह्विस मोटावाडासम्म ५० लाख, छतारा सिम्ला सडक २० लाख, ताँप्रीसेरादेखि वडाकार्यालयसम्म ५० लाख बाह्वीस डुनिमुग्रादेखि वडा कार्यालयसम्म २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेट विनियोजन गरिएका छतारा सिम्ला र दैया कोटीला सडकको मात्र टेन्डर प्रक्रिया बाँकी रहेको छ। स्थानीयले सडक कुन क्षेत्रबाट लैजाने भन्ने बारेमा सहमति नभएकोले ढिलाई भएको कार्यालय प्रमुख जंगबहादुर थापाले बताएका छन्।

स्थानीय तहले निर्माण गरेका ग्रामिण सडकसँगै जोडिने र निर्माण भइसकेका सडकको स्तरोन्नतीका लागि थप बजेट लगानी गरिएको प्रदेश सरकारले बताएको छ। सडकका लागि मात्र आएको यो ठूलो बजेट हो। समयमै निर्माण कार्य सम्पन्न गर्न सके जिल्लालाई सहजै सडक सञ्जालमा जोड्न सकिने विश्वास स्थानीयको छ।

यो बाहेक संघिय सरकारको विशेष र समपुरक अनुदान मात्र यो वर्ष १७ करोड बढी बजेट बाजुरामा आएको देखिन्छ। भने निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास कार्यक्रमको संघीय सरकारबाट ६ करोड र प्रदेश सरकारबाट थप ६ करोड रुपैयाँ बजेटमा पनि सडकलाई नै प्राथमिकता दिएको देखिन्छ।
 

प्रकाशित: ४ माघ २०७६ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App