१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

अल्टिमेट हेरिटेज साइकल र्‍याली–२०१९

सुयोगमानसिंह बस्न्यात
कक्षा–४,नव अरुणिमा सेकेण्डरी स्कुल, आरुबारी,काठमाडौं।

गएको कात्तिक ३० गते शनिबार आल्टिमेट हेरिटेज साइकल र्‍याली भयो। र्‍यालीको उद्देश्य थियो नेपाल भ्रमण वर्ष २०२० (२०७६) को प्रचारप्रसार। प्रदेश नं. ३ को सरकार र टुरिजम बोर्डको संयुक्त आयोजनामा -याली भएको थियो। उक्त -यालीलाई प्याङ्क (पञ्च अष्टनारायण) साइकल पसल र टुर डे लुम्बिनी लगायतका विभिन्न संघसंस्थाको साथ थियो। उक्त  -यालीमा मैले पनि साइकल चलाएँ।

प्रदेश नं. ३ का मन्त्री अरुण नेपालको भाषण र विजयरत्न अंकलले रुटको व्याख्या गरिसकेपछि मन्त्रीले -यालीको उद्घाटन गर्नुभयो अनि साइकल -याली अघि बढयो। -यालीको नेतृत्व विजयरत्न अकलले गर्नुभयो। हामी उहाँको पछि लग्यौ। प्याङ्क बाइकको तिरेक अंकल कोही नछुटून, कसैलाई अप्ठेरो नपरोस् भनेर यात्रालाई सहज र व्यवस्थित गर्दै अघि बढाउन उहाँ आफू सबैभन्दा पछाडि स्वयंसेवीको भूमिकामा हुनुहन्थ्यो।

यात्रा वसन्तपुर, जमल, केशरमहल, डल्लू, स्वयम्भू, छाउनी, टेकु, त्रिपुरेश्वर, थापाथली, पुल्चोक, मंगलबजार, बालकुमारी, कोटेश्वर, पशुपतिनाथ, गौशाला, बानेश्वर, मैतीदेवी, डिल्लीबजार र पुतलीसडक हुँदै पर्यटन बोर्डको कार्यालयमा पुगेर यात्रा टुगिंयो। उक्त -यालीमा पद्म कन्या कलेजका विविएमा पढ्ने  दिदीहरू सहभागी हुनुहन्थ्यो। उहाँहरूमध्ये दुईतिन जना दिदी छाउनीनिर अकस्मात लड्नुभयो। धन्न सामान्य चोट मात्रै लागेछ। यात्रामा एम्बुलेन्स र स्वास्थ्यकर्मीको व्यवस्था थियो। त्यसैले घाइते दिदीहरूको तुरुन्तै प्राथमिक उपचार भयो।

हामीले टुरिजम बोर्डको अफिसभित्र र बाहिर कम्पाउण्डमा फोटो खिच्यौं। म र राहुल भाइ उक्त -यालीको सबैभन्दा साना साइकलयात्री भएकोले हामीलाई नाम बोलाएरै प्रमाणपत्र दिइयो। यसको लागि प्याङ्क बाइकलाई धेरैधेरै धन्यवाद ! त्यतिकैमा लन्च प्याकेट बाँड्न सुरु भएछ। ध्रुव अंकल, बाबा र म पनि लाइनमा बस्यौं। दुष्यन्त अंकलले अरूको जस्तै हाम्रो पनि फोटो खिच्नुभयो। लन्च प्याकेट बाँड्ने ठाउँमा त विजयत्न अंकल आफै लन्च प्याकेट बाँड्दै हुनुुहुँदो रहेछ। उहाँले मलाई जिस्क्याउँदै लन्च प्याकेट दिनुभयो।

उक्त -यालीमा बाबाका साथीहरू : महेन्द्र अंकल, सुवास अंकल, धु्रव अंकल, आकाश अंकल, महेश अंकल  र कृपा अंकलहरूसँग भेट भयो अनि हामीले सँगै साइकल चढ्यौं।

अल्टिमेट हेरिटेज राइडमा दर्ता निःशुल्क थियो। पहिलो ३ सय जनालाई टिसर्टको व्यवस्था पनि थियो। यस -यालीमा मेकानिकल सहयोगदेखि व्यवस्थापन लगाएको कार्य प्याङ्क साइकल पसलले गरेको रहेछ। अन्त्यमा प्रमाणपत्र र यात्राको सम्झना लिएर घर फर्किएँ म।
जय साइकल ! जय नेपाल !!

प्रकाशित: ४ माघ २०७६ ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App