१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा बैठक अनिर्णयको बन्दी बन्दै आएका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। संसदीय दलको कार्यालय सिंहदबारमा शुक्रबार दिउँसो साढे एक बजेका लागि बोलाइएको बैठकमा नयाँ सभामुख र संसद्को बैठक अनिर्णयको बन्दी बनेको विषयमा मुख्य छलफल हुनेछ। त्यसका साथै मुलुकभित्र उत्पन्नपछिल्लो राजनीतिक अवस्था र पार्टीले संसद्मा निर्वाह गर्ने भूमिका विषयमा पनि छलफल हुनेछ।

प्रकाशित: ३ माघ २०७६ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App