१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अब लोडसेडिङ तालिका आउँदैन: उर्जामन्त्री शर्मा

सिन्धुली- उर्जामन्त्री जनार्दन शर्माले सरकार उज्यालो नेपाल निर्माण गर्न जुटेको बताएका छन्। पुरानै विद्युतभारलाई केहि पारदर्शिता र पुरानै संरचनालाई व्यवस्थित गर्दा धेरै सहर लोडसेडिङ मुक्त भएको दाबि गरे। सिन्धुली माओवादीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिङगो मन्त्रालय र प्राधिकरण उज्यालो नेपाल बनाउने तर्फ लागेको जनाए।

'अब लोडसेडिङ तालिका आउँदैन', मन्त्री शर्माले भने, 'यो घोषणा होइन ब्यवहारबाटै लागु हुन्छ।’ लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना बनिसकेको खुलासा गर्दै मन्त्री शर्माले नेपालको पानी र जनताको लगानी भन्ने नारासहित अगाडी बढेको बताए। लोडसेडिङ मुक्त नभई कुनै विकास हुदैन, मन्त्री शर्माले भने समग्र क्षेत्रका विकास गर्नका लागि विद्युत आवश्यकता पर्छ त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेका छौ। काठमाडौं सहरलाई हालै लोडसेडिङ मुक्त बनाएको भएपनि अब पाइसकेको विद्युत कटौती नहुने भएकाले ढुक्क रहन उनले आग्रह गरे।  अहिले पाएको विद्युत कटौती गरिने छैन, विद्युत थप गर्दै सहर तथा गाँउलाई लोडसेडिङ मुक्त गरि उज्यालो नेपाल निर्माण गर्न लागि परेका छौं, उनले थपे।

निर्माणधिन खिम्ती ढल्केबरको काम थोरै भएको र त्यो पुरा भएपछि विद्युतको समस्या अझै हट्ने उनको भनाई छ। खिम्ती ढल्केबरको काम छिटो गर्न समेत निर्देशन दिएको उनले बताए।

पत्रकार सम्मेलनमा उनले संविधान संशोधनको विषयमा कसैलाई हेपेर चेपेर राष्ट्रिय एकता नहुने भन्दै राष्ट्रबाद हुन संविधानले सबैलाई समेट्नुपर्ने भएकाले संसोधन प्रस्ताव अगाडी बढाइएको बताए। विगतमा कांग्रेस र एमालेको सहमती अनुसारनै संविधान संशोधन गर्न प्रस्ताव अगाडी बढाइएको हो, तर प्रतिपक्षले त्यसको विरोध गरेकाले अगाडी बढ्न सकेको छैन', उनले भने।  नेपालमा स्थिरता खाचो छ, त्यसका लागि सबैको एकता चाहिन्छ, माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले भने, संविधान निर्माणको असन्तुष्टि समेट्न संसोधन आवश्यक रहेको उनले प्रष्ट्याए।

प्रकाशित: ९ पुस २०७३ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App