कार्यालय प्रमुख नहुँदा नागरिकता वितरण ठप्प

शनिबार, ०९ पुष २०७३, १३ : ०६ नागरिक

रामपुर (पाल्पा)-कार्यालय प्रमुख नहुँदा इलाका प्रशासन कार्यालय रामपुरबाट नागरिकता प्रमाणपत्र वितरण हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ । 

गत कात्तिक १६ गते कार्यालय प्रमुख किरणचन्द्र सुवेदी रामपुरबाट सरुवा भएपछि नागरिकता वितरण गर्ने कार्य रोकिएको हो । कार्यालयमा ९० भन्दा बढी आवेदन सङ्कलन भइसकेको र आवेदन दिएका सेवाग्राहीको दैनिक आउने जाने काम मात्र भइरहेको छ । 

नागरिकता कहिले बन्छ भन्ने विषयमा नागरिक नै अन्यौलमा छन् । कार्यालय निमित्त प्रमुख विनोद विष्टका अनुसार नागरिकता बनाउन दैनिक फर्म सङ्कलन भए पनि वितरण गर्न नसक्दा समस्या भएको छ । उनले कार्यालय प्रमुख नभएपछि आफूहरुले वितरण गर्न नमिल्ने बताउँदै आएको फर्म मात्र बुझ्ने गरेको बताए ।

इलाका प्रशानसन कार्यालय रामपुरमा दैनिक करिब १० वटा नागरिकताका लागि आवेदन सङ्कलन हुने गरेकोछ । रामपुर नगरपालिकासहित पूर्वी क्षेत्रका सात गाविसका नागरिकलाई नागरिकता बनाउने सेवा दिइएको छ । 

दुर्गम क्षेत्रका बाकामलाङ, गल्धा, झिरुवास, मित्यालबाट नागरिकता बनाउन इलाका प्रशासन कार्यालय आउनेलाई झनै समस्या भएको छ । कार्यालय प्रमुख नहुँदा नागरिकता वितरणमा समस्या भएको गुनासो आफूसँग पनि आएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताए । 

उनका अनुसार सरुवा भएर आएको कर्मचारीलाई तत्कालै अन्यत्र सरुवा गरेकाले समस्या भएको हो । कर्मचारी नभएको विषयमा गृहमन्त्रालयमा पनि जानकारी गराइसकेको बताउँदै सङ्कलन भएको नागरिकता वितरण गर्नका लागि सोमबारसम्म कर्मचारी खटाउने गौतमले जानकारी दिए। रासस 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad