१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भाल्भार्डेको ठाउँमा सेटियन

मड्रिड – स्पेनिस च्याम्पियन बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भार्डेलाई बर्खास्त गर्दै किके सेटियनलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ।

सोमबार क्याम्प नोउमा करिब ४ घण्टा चलेको बैठकले भाल्भार्डेलाई बर्खास्त गर्र्र्र्ने निर्णय गरेको हो। बार्सिलोना जारी स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ, तर टोलीले पछिल्लो ६ खेलमा १ मात्र जित हात पारेको छ। २००३ पछि बार्सिलोनाले पहिलो पटक सिजनको मध्यमा प्रशिक्षक बर्खास्त गरेको हो। यसअघि बार्सिलोनाले २००३ मा मध्य सिजनमा तत्कालीन प्रशिक्षक लुइस भान हाललाई बर्खास्त गरेको थियो।

‘एफसी बार्सिलोना र अर्नेस्टो भाल्भार्डे दुई पक्षबीचको सम्झौता तत्काल अन्त्य गर्ने सहमतिमा पुगेका छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले तत्कालबाटै लागू हुने गरी किके सेटियनलाई २०२२ जुन ३० सम्मका लागि प्रशिक्षकका रूपमा नियुक्त गरेका हांैं। एट्लेटिको मड्रिड र रेसिङ स्ट्यान्डर्डका पूर्वखेलाडी समेत रहेका सेटियन स्पेनिस फुटबलकै एक अनुभवी प्रशिक्षक हुन्। उनले अपनाउने आक्रामक रणनीतिले सबैको ध्यान खिच्छ।’

‘आइतबार घरेलु मैदान क्पाम्प नोउमा हुने ग्रानडाविरुद्धको खेलसँगै सेटियनले जिम्मेवारी सम्हाल्नेछन्। बार्सिलोनाले अर्को महिना नेपोलीविरुद्ध च्याम्पियन्स लिग अन्तिम १६ को खेल खेल्नेछ भने मार्चको सुरुआतमा लिगमा रियाल मड्रिडको सामना गर्नेछ। गत सिजन सेटियनको रियाल बेटिसले ला लिगाको छैटाैँ स्थानमा रहँदै सिजनको अन्त्य गर्दै युरोपा कपमा छनोट भएको थियो । त्यससँगै उनी बार्सिलोना आउने खबर सार्वजनिक भएको थियो। रियाल बेटिसले यस सिजन बार्सिलोनाविरुद्ध घरेलु मैदानमा ४–३ को सनसनीपूर्ण जित हात पारेको थियो। उनकै प्रशिक्षणमा लस पाल्मसले २०१६ मा ला लिगाको रेलिगेसनको समेत संकट टारेको थियो।

लगातार दुई सिजन च्याम्पियन्स लिगबाट बाहिरिएपछि नै भाल्भार्डेको बार्सिलोना बसाइ दुबिधामा परेको थियो।२०१८ मा एएस रोमासँग निराश भएको बार्सिलोना गत महिना लिभरपुलसँग निराश भएको थियो। बिहीबार स्पेनिस सुपर कपमा एट्लेटिको मड्रिडसँग अन्तिम समयमा बेहोरेको ३–२ को हारपछि भने बोर्ड भाल्भार्डेसँगको सम्झौता टुंग्याउने निर्णयमा पुगेको हो। भाल्भार्डेको प्रशिक्षणमा बार्सिलोनाले दुई पटक ला लिगाको उपाधि जित्नुका साथै २०१८ को कोपा डेल रेको समेत उपाधि उचालेको थियो।तर पछिल्लो केही खेल यताको निरन्तर खराब प्रदर्शनपछि भने उनको सफलता समेत छायामा परेको हो।

२००३ पछि बार्सिलोनाले पहिलो पटक सिजनको मध्यमा प्रशिक्षक बर्खास्त गरेको हो। यसअघि बार्सिलोनाले २००३ मा मध्य सिजनमा तत्कालीन प्रशिक्षक लुइस भान हाललाई बर्खास्त गरेको थियो।

प्रकाशित: १ माघ २०७६ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App