१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माघ २ देखि एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दो

काठमाडौं – अमेरिकामा मुख्यालय रहेको एभरेस्ट  वल्ड क्लास तेक्वान्दोको नेपाल शाखाले दोस्रो एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै छ।

प्रतियोगिता माघ २ देखि ४ गतेसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको तेक्वान्दो एकेडेमी हलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सञ्जीव फुयालले जानकारी गराए। ग्योरोगी र पुम्सेमा गरी जम्मा १ सय १० स्वर्ण, १ सय १० रजत र २ सय २० कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ हजार २ सय खेलाडीको सहभागिता रहने जानकारी दिइयो।

टिममा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट पुरुष- महिला खेलाडीलाई समान १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।  उत्कृष्ट दुई निर्णायकलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिनेछ। त्यस्तै सातै प्रदेशबाट सहभागी हुने उत्कृष्ट र विपन्न डोजाङलाई १ लाख ५० हजारबराबरको खेलसामग्री प्रदान गरिनेछ।

एभरेस्ट  वल्ड क्लास तेक्वान्दोका संस्थापक अध्यक्ष कुमार कार्कीले छरिएर रहेका खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताए।

प्रकाशित: १ माघ २०७६ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App