१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रेस्टुराँमा याैन धन्दा गरेकाे अाराेपमा १० पक्राउ

भक्तपुर-महानगरीय प्रहरी वृत्त जगातीले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवम् गेस्ट हाउसमा छापा मारी १० जनालाई शुक्रबार पक्राउ गरेको छ ।
अरनिको राजमार्ग खण्डअन्तर्गत सडकको दायाँबायाँ सञ्चालित रेस्टुराँ, गेस्ट हाउस र क्याफेमा व्यापक रुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्ट हाउसमा साँझ छापा मारेको थियो ।

जगातीका ट्रपिकल प्याराडाइज रेस्टुराँ र गार्डेन होम रेस्टुराँमा महिलालाई यौनधन्दामा लगाएको आरोपमा रेस्टुराँ सञ्चालकसहित छ पुरुष र चार महिलालाई पक्राउ गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए। रासस

प्रकाशित: ९ पुस २०७३ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App