१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुर–नगरकोट सडक, ६ वर्षसम्म निर्माण सम्पन्न भएन

भक्तपुर–नगरकोट सडक खण्ड। तस्बिर:नागरिक

कविराज कार्की
काठमाडौं - भक्तपुर–नगरकोट सडक खण्ड अस्तव्यस्त बन्दै गएको छ। उक्त सडक खण्ड तीनवर्षमा काम सकिनुपर्ने ६छ वर्षसम्म पनि उस्तै समस्या रहेको छ। भक्तपुर–नगरकोट सडक खाल्डाखुल्डी भएर सिचाई कुलो जस्तै भएको छ। सडकमा ग्राभेल उम्किँदै गएपछि खाल्डा बढ्दै गएको स्थानीयको भनाइ छ। सडक मर्मतका लागि सरोकारवालाले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्।

नगरकोटका स्थानीय दिनेश ढकालले उक्त सडक अस्तव्यस्त बन्दै गएको र सडककै कारणले दिन प्रतिदिन पर्यटक घट्दै गएको बताए। उक्त सडक भक्क्तपुर हुँदै नगरकोटसम्म पुग्ने गर्दछ। यो सडकमा बढी मात्रामा बस र मोटरसाइकल चल्ने गर्छन्। भक्तपुरदेखि नगरकोटसम्मको करिब १६ किलोमिटर मिटर सडक अहिलेसम्म कालोपत्रे हुने सकेको छैन। यहाँ ग्राभेल पनि उप्किँदै गएको छ। सडकमा रहेका खाल्डाखुुल्डीले यात्रुलाई सास्ती हुने गरेको छ।

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए। सम्झौताअनुसार काम सम्पन्न नगरी अहिलेसम्म तीन पटक म्याद थप गरिएको भएपनि काम सम्पन्न हुन नसकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक योजनाले जनाएको छ। अहिलेसम्म करिब ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ।

भक्तपुर–नगरकोटसम्मको यो सडक पर्यटक यात्राको मार्गदर्शक हो। पर्यटन वर्ष २०२० सुरु भएपनि यहाँ सडक निर्माण नहुँदा पर्यटकलाई थप सास्ती हुने गरेकोनगरकोट होटेल व्यवसायी दुर्गा लामिछानेले बताए। सडककै कारण एक पटक आएका पर्यटक पुनः फर्केर कमै मात्रै आउने गरेको उनले बताए। ‘ठेकेदारका कारण मजस्ता थुप्रै व्यवसायी समस्यामा परेका छौं,’ उनले भने, ‘सडक निर्माणको काम छिटो सक्न स्थानीयले आन्दोलन गर्दा पनि सम्बन्धित निकायले कुनै सुनुवाई गरेको छैन।’

चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष सन्ते वाइवा सडक निर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिँदै आएको बताए। भ्रमण वर्ष २०२० सुरु भएसँगै सडक निर्माणको काम छिटो सम्पन्न गर्न स्थानीयस्तरबाट व्यापक आन्दोलन भइरहेको उनले बताए।

प्रकाशित: २९ पुस २०७६ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App