१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वनको अनुसन्धान सुरु

वीरेन्द्रनगर- वीरेन्द्रनगर–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले आफूखुसी सडक छेउका रुख कटानी गरेको विषयमा अनुसन्धान थालिएको छ। सवडिभिजन वन कार्यालय वीरेन्द्रनगरले उक्त घटनाको अनुसन्धान थालेको हो।

वीरेन्द्रनगरमा बन्न लागेको रिङरोडमा पर्ने उक्त क्षेत्रका करिब पचास भन्दा बढी रुखहरू कटान भएको थियो। मंगलबारसम्म अनुसन्धानको प्रतिवेदन आउने बताइएको छ। सवडिभिजन वन कार्यालय वीरेन्द्रनगरका सहायक वन अधिकृत प्रशान्त श्रेष्ठको नेतृत्वमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए। प्रारम्भिक छानबिन प्रतिवेदन आएपछि यस घटनाको विस्तृतरूपमा अध्ययन हुने डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ।

अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले सडक छेउकामसिना, थोत्रा र कुहिनलागेका काठ काटेको दाबी गरेको छ। तर ती काटिएका रुखका ठेली हेर्दा रुख मसिना र थोत्रानभई राम्रा रुख भएका देखिन्छन्। त्यहाँका स्थानीयलाई ६० रूपैयाँमा पुर्जी काटेर रुख काटिएको थियो। लम्बाइ डेढ मिटर र गोलाइ एक मिटर गराएर उक्तदाउरा बिक्री गरिएको थियो।

२०५२ सालमा स्थापना भएको उक्त सामुदायिकवन उपभोक्ता समूहमा ६ सय १० जना सदस्य छ। उक्त वन क्षेत्र एक सय ३९ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
 

प्रकाशित: २८ पुस २०७६ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App