१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विवादले राेकियाे राजमार्ग निर्माण कार्य

दैलेख सदरमुकाम काँडाचौरस्थित नेपाली सेनाको ब्यारेक छेउबाट निकाश दिएपछि काँडेतार हटाउँदै । फाईल तस्बिर: गोविन्द/नागरिक

दैलेख– पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपासका स्थानीयको विवादका कारण निर्माण कार्य रोकिएको छ। सदरमुकामको नेपाली सेनाको ब्यारेकबाट ट्रयाक खोलिएपछि स्तरोन्नतीका लागि स्थानीयहरुले अवरोध गरेका हुन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय र पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना कार्यालयमा पटकपटक पुगेर असहमति जनाएका छन्। लिखित रुपमा कति सडकले जग्गा अधिग्रहण गर्ने भन्ने स्पष्ट हुनुपर्ने अडान जग्गाधनीहरुले लिएका छन्।

लामो समयदेखि विवादित ठाउँमा स्थानीयहरुलाई सहमतिमा ल्याई विवाद समाधान गरेर मात्रै सदरमुकामबाटै राजमार्ग कालोपत्रे गर्ने योजना कार्यालयको छ। योजनाले सदरमुकामबाट विवाद समाधान नभएर चुप्रा हुँदै लैजाने तयारी समेत गरेको थियो। सदरमुकामका ३ ठाउँ निकाशका लागि हेरिएको थियो भने अन्य दुईमा चरम विवादले रोकिएको थियो। स्तरोन्नतीका लागि अहिले योजना कार्यालयले टेण्डर प्रकृया अघि बढाएको हो। योसँगै दैलेख बजारबाट सो राजमार्ग जानेछ।

नगरपालिकासँग स्थानीयहरु माँझ सहमति ल्याउनका लागि सहयोग मागेकोले स्थानीयहरुलाई सहमतिमा लिएर नै कालोपत्रेको काम हुने योजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शर्माले बताए। ‘अब छिट्टै टेण्ड निकाल्ने तयारी भइरहेको छ।’ उनले भने, टेण्डरसँगै लामो समयदेखि सदरमुकाममा रोकिएको योजना कार्यालयको काम निचोडमा निस्कने छ।’

जिल्ला प्रहरी कार्यालय पछाडीदेखि काडाँचौरस्थित नेपाली सेनाको ब्यारेक नजिक र जाहारकोटमा स्थानीयहरुले विवाद गरेका छन्। योजना कार्यालयले किमुगाउँ, काँडाचौर र जाहारकोटमा मुआब्जाका लागि स्थानीयको फाईल संकलन भएको मूल्यांकन गरिरहेको छ। २ महिनाभित्र मुआब्जा दिने गरि काम भइरहेको उनले बताए।  पुष्पलाल राजमार्ग अन्र्तगत दैलेख जिल्लाभित्र १ सय २६ किलोमिटर रहेको छ। जसमा ४० किलोमिटर कालोपत्रेका लागि टेण्डर हुन बाँकी छ।

दुल्लुनगर पालिकाको चकत्रादेखि सदरमुकाम हुँदै लोहोरेखोलासम्म ३० किलोमिटर र मनघरदेखि जाजरकोट सीमासम्म १० किलोमिटर टेण्डर हुन बाँकी रहेको सहमति भए छिट्टै हुने योजना कार्यालय दैलेखले जनाएको छ। चकत्रादेखि लोहोरेखोलासम्म हुने कालोपत्रेमा दैलेख सदरमुकाम र किमुगाउँ र जाहारकोटमा यसअघि स्थानीयले गरेको विवाद पनि समाधान भएर कालोपत्रे गरिने आयोजनाले जनाएको छ।

नारायण नगरपालिका र योजना कार्यालयले निश्चित जग्गा लिने लिखित गरेपछि मात्र कालोपत्रेका लागि सहमत हुने काँडाचौरका स्थानीय जग्गाधनी कृष्णबहादुर प्याकुरेलले बताए। राजमार्गले सडकदेखि तलमाथि कति लिने, कति पिच गरिने सबै लिखित गरेमा मात्र कालोपत्रेका लागि सहमत हुने स्थानीय जग्गाधनीहरुले अडान लिएका छन्। दैलेख खण्डमा योजनाका काम गर्दा ३५ घर भत्काउँनुपर्ने देखीएको जनाइएको छ।

अहिले काम गरिरहेका निर्माण कम्पनीहरुले २०७७ जेष्ठदेखि भादौँसम्म कालोपत्रेको काम सक्नुपर्ने छ। तिन वटा निर्माण कम्पनीले चार वटा ठेक्का मार्फत काम गरेका हुन्। पुष्पलाल (मध्यपहाडी) राजमार्गमा बनाइएका पुलहरु निकै होचो बनाइएको छ। डिजाईन नै गलत भएको आंशका गरिएको छ। कपि पेष्ट गर्दा ति पुलका डिजाईनमाथि नै शंका रहेको स्थानीयहरु भनाइ छ। बर्षातमा ठूलो बाढी आएमा पुलले थेक्न निकै गाह्रो हुने आंशका स्थानीयले गरेका हुन्। दैलेख खण्डमा निर्माण भएका ठूला ४ पुलको डिजाईन नै होचो गरिएको छ।

दैलेख सदरमुकाममा नेपाली सेनाले जग्गा उपलब्ध गराएपछि २ वर्षअघि ट्रयाक खोलिएको हो। सर्वपक्षिय रुपमा सेनालाई जग्गा उपलब्ध गराइदिन माग गरेपछि सदरमुकामस्थित काडाँचौरमा रहेको नेपाली सेनाका ब्यारेकबाट लैजाने निश्चित भएको हो। तत्कालिन स्थानीय विकास अधिकारी हरि प्याकुरेलको विशेष भूमिकामा काँडाचौरबाट लैजाने गरि ट्रयाक खोलिएको थियो। विवाद समाधान गरेर नयाँ निकाश दिइएको थियो। अहिले त्यहीँ काँडाचौरबाट लैजाने गरि कालोपत्रे टेण्डर हुन लागेको हो।

 

 

प्रकाशित: २८ पुस २०७६ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App