१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पदक विजेता सम्मानित

काठमाडाैँ – शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार गत महिना काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेतर्फ दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ र भारोत्तोलनमा रजत पदक विजेता लक्ष्मी बनलाई नगदसहित सम्मान गरेको छ।

शिखरदीपले शनिबार आयोजित आफ्नो वार्षिक साधरणसभामा मन्डे र लक्ष्मीलाई क्रमश नगद २५ हजार र १० हजारसहित सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सहकारीका अध्यक्ष केदारनाथ शर्माले दुवै खेलाडीलाई सम्मानपत्र र खादा ओढाएका थिए।

‘खेलाडी राष्ट्रका गहना हुन् र हामी उनीहरूलाई  सहयोग गर्न तयार छाैँ,’ अध्यक्ष शर्माले भने।

प्रकाशित: २७ पुस २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App