१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुदूरपश्चिमलाई सफलता

इटहरी -  सुदूरपश्चिम प्रदेश सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो चरणको खेलमा विजयी भएको छ। शनिबार भएको खेलमा समूह ‘डी’ अन्तर्गत पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मलेसिया एघारलाई पराजित गरेको हो।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले  दिएको ५० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेट गुमाएर ७.२ ओभरमा पूरा गयो।सुदूरपश्चिमका लागि लोकेश बम र खडक बोहराले अविजित समान १५ रन बनाए। गजेन्द्र बोहरा ११ तथा अरुण ऐरी ६ रन बनाएर आउट भए।मलेसियाका अनवर रहमान र धीभेन्द्रन मोगनले समान १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले कमजोर ब्याटिङ गर्दै २२ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र बनाएको थियो। मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक २२ रन रन बनाए, जुन क्रममा ६९ बलमा ३ चौका प्रहार गरे। विरनदीपबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियालाई सानो योगफलमा समेट्न सुदूरपश्चिमका अफ स्पिनर शेर मल्लले ५ तथा विनोद लामाले ४ विकेट लिए।मल्लले १० मा ३ मेडन ओभरका साथ ११ रन मात्र खर्चिए। लामाले ९ ओभरमा ३ मेडन राख्दै २१ रन खर्चिए। विक्रम ठगुन्नाले १ विकेट लिए।खेलको प्लेयर अफ दी म्याच सुदूरपश्चिमका शेर मल्ल चुनिए ।

प्रतियोगिताअन्तर्गत आइतबार समूह ‘डी’ अन्तर्गतकै दोस्रो  खेलमा सुदूरपश्चिम  र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अन्तर्गत यसअघि समूह ‘ए’ , ‘बी’ र ‘सी’ का खेल सकिएका छन्।माघ ४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्डसहित ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
 

प्रकाशित: २७ पुस २०७६ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App