१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मकवानपुर, चितवन र ललितपुरलाई सफलता

पहिलो दिनको खेलमा ललितपुर र दोलखा जिल्ला (पहेँलो) प्रतिस्पर्धा गर्दै । तस्बिर:ध्रुव/नागरिक

सिन्धुपाल्चोक- ३ नम्बर प्रदेश स्तरीय प्रथम भदौरे गणेश कप भलिबल प्रतियोगितामा मकवानपुर, चितवन र ललितपुर जिल्लाले विजयी सुरुवात गरेका छन्। चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा शनिबारबाट सुरु प्रतियोगितामा आ–आफ्ना प्रतिस्पर्धीलाई हराउँदै तीन जिल्लाले सफलता प्राप्त गरेका हुन्।

उद्घाटन खेलमा मकवानपुरले भक्तपुर जिल्लालाई २–० सेटले हरायो। बलराम सुवेदीको म्यान अफ द म्याच प्रदर्शन प्रेरित मकवानपुरले २५–१८ र २५–२१ ले लगातार दुई सेट जित्दै खेल आफ्नो पक्षमा पार्‍यो। चितवनले सिन्धुली जिल्लालाई २–० सेटले हराउने क्रममा २५–११ र २५–१७ ले सफलता प्राप्त गर्‍यो। चितवनका ओमबहादुर कार्की म्यान अफ द म्याच घोषित भए।

पहिलो दिनको अन्तिम खेलमा ललितपुरले दोलखा जिल्लालाई २५–२० र २५–१६ हराउँदै विजयी सुरुवात गर्‍यो। ललितपुरलाई लगातार दुबै सेट जिताउन सुनिल बिकले म्यान अफ द म्याच प्रदर्शन गरे। म्यान अफ द म्याच घोषित खेलाडीले ट्रफी पाए। नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले भदौरे गणेश सामुदायिक संस्थाको आयोजना र नेपाने युथ क्लवको सहआयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशभित्रका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाले भाग लिएका छन्।

आउँदो माघ १ गतेसम्म चल्ने प्रतियोगताको बिजेताले दुई लाख दुई हजार दुई र उपबिजेताले एक लाख एक हजार एक रुपैयाँ नगद पुरस्कार हात पार्ने छन्। जिल्लाको भलिबल खेल इतिहासमा सर्वाधिक नगद पुरस्कार राशी भएको प्रतियोगिताका बिधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार दिइने आयोजकले बताएका छन्।  

खेलसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजक संस्थाले खेलाडीहरुलाई स्थानीय होमस्टेमा राख्ने व्यवस्था मिलाएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले प्रतियोगिताको उद्घाटन गरेका थिए। झण्डै २४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई ३ नं. प्रदेशको सामाजिक विकास मन्त्रालय, चौतारा साँगाचोकगढी नगरपालिका, यो नगरको वडा नं. ७ ले प्रवद्र्धन गरेका छन्।
 

 

प्रकाशित: २६ पुस २०७६ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App