२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हाइ जम्पमा खिलध्वज सफल

काठमाडौं – आर्मीका खिलध्वज खड्का छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिताअन्तर्गत हाइ जम्पतर्फ उपाधि जित्न सफल भएका छन्। टुँडिखेलमा शुक्रबार सम्पन्न प्रतियोगितमा पुरुषतर्पm टेन्ट पेगिङ, हर्स सो जम्प र हर्स हाइजम्प गरी तीन विधा प्रतिस्पर्धाको रूपमा समावेश गरिएको थियो भने महिलातर्पm प्रदर्शन खेलको रूपमा सिक्स बार जम्प रहेको थियो।

प्रतियोगितामा सबै आर्मीका खेलाडीले मात्र प्रतिस्पर्धा गरेका थिए। हाइजम्पतर्पm गणेश घोडा सवार खिलध्वज खड्का ५ फिट ७ इन्च जम्प गर्दै पहिलो भए। खिलध्वज ५.९ फिटको राष्ट्रिय कीर्तिमान बनाउने प्रयासमा भने असफल भए। यस विधामा जगदीश घिसिङको नाममा राष्ट्रिय कीर्तिमान छ। रामबहादुर दाहाल(सम्मोहन घोडा) र सविनकुमार पोखरेल (आकांक्षा घोडा)ले समान ५ फिट ५ इन्च जम्प गरे पनि क्रमशः दोस्रो र तेस्रो भए। रामबहादुरको घोडा जम्प गर्ने क्रममा उत्कृष्ट हुँदा दोस्रो हुन सफल भयो। त्यसैगरी सो जम्पतर्पm योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।

टेन्ट पेगिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावल क्रमश ः पहिलो, दोस्रो र तेस्रो भएका थिए। तीन वटै विधाका विजेताले नगद २० हजार, उपविजेताले १५ र तेस्रो स्थानका खेलाडीले १० हजार  रुपैयाँ हात पारे। यता प्रदर्शन खेलअन्तर्गत महिला राइडरहरू हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ सहभागी थिए। सहभागी ४ जनै महिला खेलाडीलाई प्रोत्साहन स्वरूप जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो।

प्रतियोगिताका विजेतालाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले पुरस्कार वितरण गरेका थिए।प्रतियोगिताको समापनको अवसरमा पत्रकार श्याम चित्रकार, घोडचढी खेललाई लामो समयदेखि योगदान दिँदा आएका राजु खत्री, घोडचढी संघका पूर्वमहासचिव बलराम श्रेष्ठ र खेलकुदकर्मी विष्णुगोपाल श्रेष्ठलाई सम्मान गरिएको थियो।

कुल २६ राइडरले प्रतिस्पर्धा गरेको प्रतियोगितालाई नेपाली सेना, राष्ट्रिय खेलकुद परिषद् र भ्रमण वर्ष २०२० को उच्चस्तरको सहयोग रहेको थियो। नेपाल रिपब्लिकन मिडिया प्रतियोगिताको मिडिया पार्टनरको रूपमा रहेको थियो। त्यसैगरी प्रतियोगितामा कतार एयरवेज, लिओन मोटर्स, टिभिएस मोटर्सलगायतको प्रायोजन रहेको थियो।

हाइजम्पतर्पm गणेश घोडा सवार खिलध्वज खड्का ५ फिट ७ इन्च जम्प गर्दै पहिलो भए। खिलध्वज ५.९ फिटको राष्ट्रिय कीर्तिमान बनाउने प्रयासमा भने असफल भए।

प्रकाशित: २६ पुस २०७६ ०५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App