१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं- पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौं सय रुपैयाँले घटेको छ। बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको थियो।

आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ३ सय रुपैयाँ पुगेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। बिहीबारको तुलनामा १५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयाँ पुगेको छ।

नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रुपैयाँ निर्धारण गरेको थियो।

सामान्य उतारचढावका बीच कारोबार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो। अहिले अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ। आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ।

विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासङ्घले जनाएको छ।

प्रकाशित: २५ पुस २०७६ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App