१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर 'हत्या'

युवकको हत्यपछि विरोधमा स्थानीय

लहान - धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको टिपरले किचेर हत्या गरिएको छ। मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका सोही नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कर्यालय ढाल्केबरका प्रमुख इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको जानकारीको आधारमा अनुसन्धानअघि बढाइएको यादवले बताए। स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इन्स्पेक्टर यादवले भने,ुमहतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेको थियो।

साथीसँग मर्निङवाक गएका बेला महतोलाई टिपरले किचेको हो। टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्गको ढल्केबर क्षेत्र केहिबेर अवरुद्ध पारेका थिए। महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए।

प्रकाशित: २५ पुस २०७६ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App