१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जितपछि आर्मी शीर्षमा

त्रिभुवन आर्मि क्लवका स्ट्राइकर जर्ज प्रिन्स कार्की (हरियो) र सरस्वतीका मेम्बी एण्डर इक्भेम बलका लागि प्रतिस्पर्धा गर्दै ।


काठमाडौं -  स्ट्राइकर जर्ज प्रिन्स कार्कीको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी क्बल बिहीबार सरस्वती युथ क्लबलाई हराउँदै राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलअन्तर्गत ३०औं मिनेटमा प्रिन्सले दिनेश हेम्जनको पासलाई जाली चुमाएका थिए, जुन गोल आर्मीलाई पाँचाैँ चरणको समाप्तिमा लिगको शीर्ष स्थानमा बस्न पर्याप्त बन्यो। यस जितपछि ५ खेलमा ४ जित र १ हार बेहोरेको आर्मी १२ अंकका साथ शीर्ष स्थानमा छ। समान खेलमा ११ अंक जोडेको साबिक विजेता मनाङ दोस्रो, १० अंकका साथ मच्छिन्द्र  तेस्रो र थ्री स्टार  १० अंकका साथ चौथो स्थानमा छन्।

४–२–४ को आक्रामक रणनीतिमा उत्रिएको आर्मीले खेलको तेस्रो मिनेटमै गोलको सुनौलो अवसर पाएको थियो तर दिनेशको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। २५आंै मिनेटमा सन्तोष तामाङको पासमा स्ट्राइकर नवयुग श्रेष्ठ बललाई जाली चुमाउन चुके। उनको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। ‘हामी स्पष्ट ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यका साथ मैदान उत्रिएका थियौं,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘त्यसमा सफल भयाैँ, तर नतिजा भने हामीले सोचेजस्तो फराकिलो रहेन। हामीले पाएका अवसरको सदुपोग गर्न सकेनाैँ ।’

‘हामीले अंकतालिकाको पुछारमा रहे पनि सरस्वतीविरुद्ध स्वाभाविक खेल नै खेलेका हाैँ,’ नवीनले थपे, ‘सम्भवत शीर्ष स्थानमा उक्लिने दबाब र मैदानको खराब अवस्थाका कारण खेलाडीहरूले सोचेअनुरूपको प्रदर्शन भने गर्न सकेनन्। हाम्रो टोलीमा लिगको सुरुआतबाटै रहेको फिनिसिङको समस्या अझै कायम छ। अब टोलीलाई अघिल्लो चरणमा शीर्षता जोगाउन थप दबाब हुने निश्चित छ। त्यसैले यो समस्या सुधार्न निकै आवश्यक छ।’

१२औं मिनेटमा आर्मीका कप्तान भरत खवासको स्थानमा मिडफिल्डर टेकबहादुर बुढाथोकी मैदान प्रवेश गरेका थिए। नवीनले कप्तान भरत खबासको लिगामेन्टमा समस्या आएकाले खेल सुरु भएको १५ मिनेटमभित्रै उनको स्थानमा टेकबहादुरलाई मैदान प्रवेश गराइएको बताए। उनले आफूहरूसँग छैटौं खेलअघि ३–४ दिनको विश्राम भएकाले भरत अर्को खेलमा मैदान फर्कने बताए। यता सरस्वती क्लबको भने यो लगातार पाँचौं हार हो र टोली जारी लिगमा अंक खाता नखोल्ने एक मात्र टोली हो। ‘टोलीले जुन प्रकरको प्रदर्शन ग¥यो,त्यसबाट म सन्तुष्ट छु,’ सरस्वती क्लबका प्रशिक्षक प्रदीप नेपालले भने, ‘खेलाडीहरूले मिहिनेत गरे। केही गोलको अवसर पनि सिर्जना ग-यौं, तर त्यसको सदुपयोग गर्न सकेनौं।’

लिग अन्तर्गत बिहीबारै भएको पहिलो खेलमा संकटा क्लबले एपिएफमाथि ४–२ को जित हात पा-यो। संकटाको सहज जितमा अजय मार्टिन्सले २,लक्ष्मण रुचाल र कर्णबाहादुर सुब्बाले समान एक गोल गरे। एपिएफका नवीन लामा र आशिष लामाले गरेको गोल सान्त्वना साबित भयो। १९औं मिनेटमा लक्ष्मणले फिकिकमा गरेको गोलमा संकटाले अग्रता लिएको थियो। मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा कर्ण आफैंले प्रहार गरेको बल एपिएफका गोलकिपर अमृतकुमार चौधरीले राम्रोसँग कलेक्ट गर्न नसक्दा रिबाउन्डमा प्राप्त बललाई जाली चुमाउंदै संकटाको अग्रता दोब्बर पारेका थिए।

५३ औँ मिनेटमा मार्टिन्सले हेड गोल गर्दै संकटाको अग्रता ३–० मा पु-याएका थिए। त्यसको तीन मिनेटपछि नै एपिएफका नवीन लामाले पेनाल्टी गोलमा संकटासँगको गोलअन्तर ३–१ मा झारेका थिए। ७२औं मिनेटमा आशिष लामाले गोल गर्र्दै एपिएफलाई खेलमा फर्काउने संकेत गरेका थिए। खेल सकिन ३ मिनेट बाँकी हुँदा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको सहज जित पक्का गरेका थिए। लिगअन्तर्गत शनिबारबाट छैटौं चरणका खेल सुरु हुनेछन्। दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा मनाङ र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्।

संकटाको सहज जितमा अजय मार्टिन्सले २,लक्ष्मण रुचाल र कर्णबाहादुर सुब्बाले समान एक गोल गरे।

प्रकाशित: २५ पुस २०७६ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App