१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शंकास्पद अवस्थामा युवकको शव फेला

शव भेटिएको स्थलको अनुसन्धान गर्दै प्रहरी ।

कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिका–४ राजपुरको पोखरीमा शंकास्पद अवस्थामा एक जनाको शव बिहीबार बिहान फेला परेको छ। फेला परेको शव कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवाका ३० वर्षीय रामसुरत कुर्मी रहेको प्रहरीले जनाएको छ।

हुलाकी राजमार्ग नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा कुर्मीको शव फेला परेको थियो। शव पोष्टमार्टको लागि जिल्ला अस्पाताल तौलिहवा लगेको बताइएको छ। शव पोष्टमार्टपछी परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ।

राजपुरका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव नजिकै लु ४ प ९६९९ नम्बरको हिरो होण्डाको स्पेलैन्डर मोटरसाइकलसमेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोककुमार श्रीवास्तवले जानकारी दिए। प्रहरी उपरिक्षक दीप शमसेर जबराले शवको प्रकृति हर्दा शंकास्पद रहेको बताए।

हेलमेट र मान्छे पर रहनु, मोटरसाइलको क्लज बिग्र्रनुले घटना शंकास्पद देखिएको उनले बताए। शवमा कुनै चोटको निशान भने नदेखिएको र शवबाट दुई लाख रुपैयाँको चेक तथा केही नगद भेटिएको उपरिक्षक जबराले बताए। घटनाको अनुसन्धान भइरहेको र  सत्यतथ्य पत्ता लगाउन उनका परिवारले माग गरेको उनले बताए।
 

प्रकाशित: २४ पुस २०७६ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App