१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुलिसको फराकिलो जित

म्यान अफ दी म्याच कुशल भुर्तेल

इटहरी -  नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा विजयी भएको छ। बुधबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई २ सय ६७ रनको विशाल अन्तरले हराएको हो।

खेलमा नेपाल पुलिस क्लबले दिएको ३ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले २७.१ ओभरमा ७९ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि राज शाहले सर्वाधिक २३ रन बनाए भने टेक सलामीले १४, हेमन्त ओली र दिवान पुनले समान १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।  पुलिसका ललित भण्डारी, मन्जित श्रेष्ठ र सागर ढकालले समान २ विकेट लिए भने दीपेन्द्र ऐरी, पवन सर्राफ, ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए।

यसअघि टस जितेर कर्णाली प्रदेशले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ७८ रन बनाए।  उनले ४९ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।  यस्तै सुनील धमलाले ९५ बलमा ६ चौका र १ छक्काको मद्दतमा  ७० रन बनाए। पुलिसका अन्य ब्याट्सम्यान दीपेन्द्र ऐरीले २५, अनिल साहले ३६, दिलीप नाथ र पवन सर्राफले समान १५ एवं मन्जित श्रेष्ठले १८ रन बनाए।

कर्णाली प्रदेशको बलिङमा रवीन्द्रजंग शाहीले सर्वाधिक ३ विकेट लिए। यस्तै युनिष सिंह र राज शाहले समान २ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच पुलिसका कुशल भुर्तेल चुनिए।  प्रतियोगिता अन्तर्गत बिहीबार कर्णाली प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्नेछन्।  यसअघि भएको समूह ‘ए’ र ‘सी’ को खेलबाट त्रिभुवन आर्मी क्लब र प्रदेश ३ टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्।

प्रकाशित: २४ पुस २०७६ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App