१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्मचारीद्धारा पदाधिकारीलाई अस्पतालमा प्रवेशमा निषेध

भक्तपुर - भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद्ध निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई अस्पतालमा प्रवेश गर्न नदिने बताएका छन्। अस्पताल कर्मचारी कल्याणकारी समितिका अध्यक्ष शिवराम धुख्वाले बुधबार प्रेसविज्ञप्ति जारीगर्दै अस्पतालका विषयमा संघीय र स्थानीय सरकारबाट छानविन गरेर जानकारी बाहिर नआएसम्म समितिका कुनै पनि पदाधिकारीलाई प्रवेश गर्न नदिने जानकारी गराइएको छ।

अस्पताल सञ्चाल भएको लामो समयसम्म दर्ता नभएको, नियमित कर नबुझाएकोलगायतका समस्या सञ्चार माध्यममा आएकाले यसको छानविन गर्नुपर्ने भएकाले पदाधिकारीलाई प्रवेशमा निशेध गरिएको विज्ञप्तिमा उल्लेख छ। सरकारले छानविन गरेर सत्य विवरण बाहिर नआएसम्म प्रवेश गर्न नदिने बताइएको छ।

भक्तपुर क्यान्सर केयर सेन्टरलाई २०५५ साउन १८ गते अटोनोमी (स्वायत) बनाउन सरकारले भक्तपुर नगरपालिकासमेत रहने गरी सात सदस्यीय स्थानीय समिति बनाउने निर्माण गरेको थियो। त्यसपछि २०५९ साउन १२ गते अस्पताल व्यवस्थापन समितिको बैठकलेसमेत अस्पताललाई स्वायतता प्रदान गरेको थियो। तर अहिलेसम्म अस्पताल दर्ता नगरेको, कर नबुझाएकाले व्यवस्थापन समितिलाई प्रवेशमा निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा कर्मचारीबाटै व्यवस्थित रूपमा बिरामीलाई सेवा उपलब्ध गरिने जानकारी दिइएको छ। अस्पतालका अहिले दुईवटा व्यवस्थापन समिति रहेका छन्। नेपाल अर्बुद्ध निवारण संस्थाको र भक्तपुर नगरपालिकाले फरक फरक समिति गठन गरेका छन्। अस्पतालमा भ्रष्टाचार भएको भन्दै नगरपालिकाले नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पुरानो समितिलाई खारेज गरेर नयाँ व्यवस्थापन समिति गठन गरेको थियो।

तर सर्वाेच्चको अन्तरिम आदेशपछि अहिले नगरपालिकाबाट गठन भएको समिति जिम्मेवारी विहीन छ, भने अबुद्र्ध निवारण संस्थाको समितिले पनि अस्पतालको बारेमा चासो नदिएको कर्मचारीको भनाइ छ। अस्पतालको विषयमा समितिका पदाधिकारीले चासो नदिएपछि प्रवेशमा निषेध गरिएको बताइएको छ। अस्पताललाई राम्रो बनाउनका लागि समितिका पदाधिकारीलाई बाध्य भएर प्रवेश निषेध गर्नुपरेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

प्रकाशित: २४ पुस २०७६ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App